
अर्थ जङ्ग शाही/बझाङ्ग —बझाङ्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ। तीन वटै पार्टीका भातृ संगठनहरूले बुधबार प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन्।
नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले माधव कुमार नेपाल समूह निकट अनेरास्ववियूले सदरमुकाम चैनपुरको चौराहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन्।
प्रधानमन्त्रीले दोस्रो पटक संसद विघटन गरेको भन्दै त्यसको विरोध स्वरूप पुतला दहन गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रामचन्द्र रोकायाले बताए। संवैधानिक सरकारको अवैधानिक कदमका विरुद्ध, सयुक्त रूपमा पुतला दहन गरिएको हो।
नेवि संघका दिपक भण्डारी, अखिल क्रान्तिकारीका देविजङ्ग सिंह, अनेरास्ववियू माधव पक्षका जिल्ला अध्यक्ष पुष्पलाल रोकाया गरी ३०/३५ जनाले संयुक्त रूपमा प्रधानमन्त्री ओलिको पुत्ला दहन गरेको हो।
‘केपी तेरो पाराले दुःख पायो साराले, केपी चोर देश छोड, संयुक्त विद्यार्थी आन्दोलन जिन्दावाद’ लगायतका नारासहित पुत्ला दहन गरिएको छ।
