बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • एक्लै बस्दै आएकि एक महिला घरभित्रै मृत फेला,

एक्लै बस्दै आएकि एक महिला घरभित्रै मृत फेला,

  • बुधबार, असार १६, २०७८
एक्लै बस्दै आएकि एक महिला घरभित्रै मृत फेला,

वीरगञ्ज — एक महिलाको शंकास्पद अवस्थामा घरभित्रै शव फेला परेको छ।

वीरगञ्ज–८ पानीटंकीमा शंकास्पद अवस्थामा शव फेला परेको हो। नवलपरासी घर भई वीरगञ्ज बस्दै आएकी ३२ वर्षीया हिममाया अस्लामीको शव उनकै कोठामा भेनिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक महिलाको श्रीमान लागू औषध मुद्दामा दोषी ठहर भई कारागारमा छन्। वीरगञ्जमा हिममाया एक्लै बस्दै आएकी थिइन्।

पर्सा प्रहरीका अनुसार महिलाको मृत्यु शंकास्पद देखिएको छ। ‘शरीरमा चोकपटक तथा निलडाम छैन, मृतकको नाकबाट फिज आएको छ।

ऐनाको सीसा र मोबाइल फुटेको देखिएको प्रहरीले जनानएको छ। कोठामा बियरका बोतलहरु भएको पर्सा प्रहरीले जनाएको छ।

घटना संकास्पद रहेकोले अनुसन्धानका लागि मृतक महिलाको कोठामा आइरहने युवकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार