शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

  • मङ्लबार, असार १५, २०७८
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

बर्दिया — मधुवन नगरपालिका-४ बादरभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ३८ वर्षीय सिता थारु र छोरा १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका लक्षिरामको जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार