शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिम सरकारको बजेट पारित

  • सोमवार, असार १४, २०७८
सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ। १ असारमा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित भएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमालेको ओली समूहको असहमतिका बीच ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार बिहान बसेको प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको हो।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहको समर्थनले बजेट पारित भएको हो। यसअघि बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले क्रममा मन्त्री शाहले वार्षिक कार्यक्रम पुस्तिकामा दोहोरो परेका, रकम, नाम र ठेगाना फरक परेका योजनाहरु तत्काल सच्याउने प्रतिबद्धता व्यक्त गरे।

चर्चामा

सम्बन्धित समाचार