बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फुटबल
  • पोर्चुगलविरुद्ध बेल्जियम विजयी, टुंगियो रोनाल्डोको यात्रा

पोर्चुगलविरुद्ध बेल्जियम विजयी, टुंगियो रोनाल्डोको यात्रा

  • सोमवार, असार १४, २०७८
पोर्चुगलविरुद्ध बेल्जियम विजयी, टुंगियो रोनाल्डोको यात्रा

पोर्चुगलविरुद्ध १–० को जित निकाल्दै बेल्जियमले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । सेभियामा बेल्जियमबाट ४२ औं मिनेटमा थोर्गान हाजार्डले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्त्यमा लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा फर्नान्डो सान्तोषले टोलीलाई आक्रामक बनाएका थिए । उनले ब्रुनो फर्नान्डेस र जाआ फेलिक्स दुबैलाई मैदान उतारे ।

तर, अधिकांश समय बल नियन्त्रणमा राखेर निरन्तर आक्रमणहरु बुनेपनि पोर्चुगलले गोल गर्न सकेन ।

चर्चामा

सम्बन्धित समाचार