बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकामा स्थानियद्धारा तालाबन्दी, नगरपालिकाको काम प्रभाबित

बुढीगंगा नगरपालिकामा स्थानियद्धारा तालाबन्दी, नगरपालिकाको काम प्रभाबित

  • आइतवार, असार १३, २०७८
बुढीगंगा नगरपालिकामा स्थानियद्धारा तालाबन्दी, नगरपालिकाको काम प्रभाबित

पदमबहादुर सिंह —   बुढीगंगा नगरपालिका १ र २ को ताँप्रीसेरामा स्थानियले नगरपालिकामा ताला लगाएका छन् । शुक्रबार र सनीबार दुुई दिन साफे मार्तडी सडक बन्द गरेर आन्दोलन गरेका स्थानियले नगरपालिकाले आफ्नो कुराको बेवास्था गरेपछि आईतबार नगरापलिकामा ताला लगाएको सर्कल थापाले जानकारी दिएका छन् ।
प्रदेश सरकाले असार अन्तिम साता मात्र ताँप्रीसेरा घट्टेखोलामा तट्बन्धन निर्माणको लागि ५० लाख रकम पठाएको थियो । उक्त योजनाको नगरपालिकाले समझौता नगरी दिएको रकम फ्रीज हाल्ने खोजेको भन्दै नगरपालिकामा ताला लगाएको घट्टेखोला तट्बन्धन उपभोक्त समितिका अध्यक्ष सर्कल थापाले बताएका छन् ।
योजना सम्झौताको लागि धेरै दिन नगरपालिका धाउदा पनि प्राबिधिकले स्टमेट नबनाई दिने र मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत्तले सम्झौता गर्न आनाकानी गरी रहेको अध्यक्ष थापाले बताए । सुक्रबार र शनीबार साफेँ मार्तडी सडक बन्द गर्ने र कुुनै सुनुवाई नभएर आईतबार देखी नगरपालिकामा पूूर्ब सूचनाका आधारमा आईतबार नगरपालिकामा ताला लगाएको उनले बताए ।
आर्थिक मामिला तथा योजना मन्त्र प्रकाशबहादुर शाहको गृहनगरपालिका रहेको बुढीगंगा नगरपालिकामा ५० लाखको योजना हालेको खरब गरे । खबर पछि केही गाउँका अगुवाले वडा कार्यालयलाई र उपभोक्तलाई खबर नगरी गुपचुपमा समिति गठन गरे थियो । गुपचुममा समिति गठन गरेको स्थानियले थाहा पाए पछि किन गुपचुपमा समिति गठन गरेको भन्दै झगडा भयो र पछि स्थानियको भेलाबाट वडा अध्यक्षको रोहोबरमा समिति गठन गरिएको बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले बताए ।
समिति बनाएर नगरपालिकामा सम्झौताको लागि सिफारिस दिएको तर नगरपालिकाले समझौता गर्न र प्राबिधिकले स्टमेट समेत बनाउन आनाकारी गरिरहेका गरेपछि नगरपालिकाको काम नै प्रभाबित हुने गरि ताला लगाउनुपरेको बुुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष थापाले बताए । काम नगरी आफ्ना पाटीका कार्यकर्तालाई अप्रत्यक्षरुपमा बाड्ेको रकममा पछि गाउका सबैले बिकासका लागि आएको बजेट बिकास गर्नु पर्छ भनि काम गर्न खोज्दा काममा बाधा गर्न खोजी रकम फ्रिज गर्न खोजेको स्थानियको आरोप छ ।
त्यसै गरी बुढीगंगा नगरापलिका २ मा बन्ने गरी केन्द्रबाट आएको फोन पार्कको टेन्डरै ननिकालेर नगरपालिकाले रकम फ्रिज गर्न खोजेको पनि स्थानियले आरोप लगाएका छन् । यो आर्थिक बर्ष भित्र टेन्डर निकालेर काम गरिसक्नु पर्ने भएपनि टेन्डर नै ननिकालेर रकम फ्रीज गर्न खोजेको स्थानियले बताएका छन् ।
यता बुढीगंगा नगरपालिकाका मेयर दिपक बिक्रम शाहले प्राबिधिकले बनाएको स्टमेट नमानेर आफू अनुकुल स्टमेट नबनाई दिएकोले निहँु मात्र खोजेको बताएका छन् । वडा अध्यक्षले प्राबिधिकलाई सिकाउने वडा अध्यक्षलाई प्राबिधिक कुरा थाहा नै हुदैन । पैशा बचाउने निहुमा वडा अध्यक्ष देखी तट्बन्धन निर्माण समितिले निहँु मात्र खोजेको मेयर शाहले बताए ।
फोनपार्क निर्माणको लागि डिपीआर नै भएको छैन वडाले फोनपार्क निर्माणको लागि जग्गा ब्यबस्थापन नै गरेको छैन । वडाले फोन पार्क निर्माणको लागि कहिले जग्गा उपलब्ध भएको सिफारीस ल्याएर नगरपालिकालाई जानकारी गरायो । आफू केही काम नगर्ने बिरोधका नाममा बिरोध मात्र गरेको मेयर शाहले बाताए ।
बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले फोनपार्क बनाउन जग्गा ब्यबस्थापन नभएर नगरपालिकाबाट फोनपार्कको लागि योजना कसरी माग गरियो । फोनपार्कको योजना त नगरपालिकाले माग गरेको उनले बताए । वडाले एक महिना पहिला वडा नम्बर २ र ३ का स्थानियको भेला र वडा अध्यक्षको उपस्थितिमा जग्गा ब्यबस्थापनको लागि नगरपालिकाका पठाएको थापाले बताए । जग्गा उपलब्ध भएको वडाले सिफरिस गरिएकोर डिपीआर नगरपालिकाले गर्ने हो । तर ब्यवास्था गरिएको उनले बताए ।
बुढीगंगा नगरपालिकाका मेयर दिपकबिक्रम शाह नेपाली काँग्रेशका जिल्ला सचिब हुन भने फोन पार्क निर्माणको लागि केन्द्रबाट बजेटको ब्यबस्था गरेर पठाउने प्रतिनिधि सभा निर्बतमान सांसद लालबाहादुर थापा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चिार्ज हुन । त्यसै गरी घट्टे खोला तट्बन्धनको रकम नेकपा एमालेका केन्द्रिय सदस्य प्रदेश सांसद प्रकाश बहादुर शाहले ब्यबस्थापन गरि पठाएका हुन् ।
प्रतिनिधि सभा निर्बतमान सांसद लालबहादुर थापा नेकपा एमाले केपी पक्ष हुन भने नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह माधब पक्षका हुन ।

चर्चामा

सम्बन्धित समाचार