मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • कोल्टीमा चिकित्सक द्धारा आयुर्वेद उपचार सेवा, आयुर्वेद उपचार गर्ने बिरामिको संख्या बढ्दै

कोल्टीमा चिकित्सक द्धारा आयुर्वेद उपचार सेवा, आयुर्वेद उपचार गर्ने बिरामिको संख्या बढ्दै

  • आइतवार, असार १३, २०७८
कोल्टीमा चिकित्सक द्धारा आयुर्वेद उपचार सेवा, आयुर्वेद उपचार गर्ने बिरामिको संख्या बढ्दै

बाजुरा–बुढिनन्दा नगरपालिकाको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक द्धारा आयुुर्वेद उपचार सेवा सञ्चालन भइरहेको छ । चिकित्सक द्धारा आयुर्वेद उपचार सेवा निरन्तर भएपछि आयुर्वेद उपचार गर्ने बिरामीको संख्या बढ्दै गईरहेको आयुर्वेद चिकित्सक डा.अच्युत शाली घिमिरे वताएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मार्तडीमा समेत आयुर्वेद चिकित्सक सेवा सञ्चालन छैन् । कोल्टिमा आयुर्वेद चिकित्सक मार्फत सेवा पाउँदा दुर्गम भेगका जनताले लाई निकै सहज भएको बुढिनन्दा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका ब्यवस्थापन समिति अध्यक्ष नृप खत्रिले वताएका छन् ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा १ बर्ष देखी चिकित्सक द्धारा आयुर्वेद उपचार शुरु भइरहेको छ । कोरोना महामारीले पनि आयुर्वेद उपचार गर्ने देशै भरि बढिरहेको अवस्थामा दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएकाले पनि यो उपचार पद्धतिमा सर्वसाधरणहरु आयुर्वेद उपचारमा आकर्षित छन् । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा जीवनशैली कार्यक्रम अन्तर्गत आयुर्वेद चिकित्सक डा.अच्युत शाली घिमिरे र वैद्य छत्र बम कार्यरत रहेका छन् ।
आयुर्वेद उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ४० देखि ४५ जना बिरामीहरु उपचारमा आउने गरेको डा. घिमिरेले वताएका छन् । स्वास्थ्य केन्द्रमा अम्लपित्त, प्रमेह, स्वासविकार, अतिसार, आमवात, वातरक्त, उदररोग, त्वकविकार, प्रसुतिविकार, स्त्रीरोग, जरारोग, शिरोरोग लगायतमा सेवाग्राहीले उपचार र निःशुल्क औषधि दिने गरेको छ । पञ्चकर्म सेवा अन्तर्गत स्नेहन र स्वेदन सेवा पनि सञ्चालनमा रहेको बुढिनन्दा नगरपालिका सह स्वास्थ्य संयोजक ओमजंग शाहिले वताएका छन् ।
स्वास्थ्य केन्द्रमा बाजुराका दुुर्गम बिछ्या, रुगिन, हिमाली, धुलाचौर, पाण्डुशैन र मुगुको खत्याडा उपचारमा बिरामीहरु आयुर्वेद सेवा लिन कोल्टी आउने गरेका छन् । कोरोना दोस्रो महामारी संक्रमण फैलिएको सुरुवाती चरण देखि नै प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी आयुर्वेद शाखाले निःशुल्क औषधि वितरण अभियान चलाएको छ ।
कोरोना महामारीको दोश्रो चरण सुरु भए यता स्वास्थ्य केन्द्रमा एन्टिजिन टेस्ट गर्दा कोरोना पोजेटिभ आएका सबैलाई उपलब्ध भए सम्मका र लक्ष्ण अनुसारका औषधिहरु वितरण गरिरहेको छ । च्यवनप्राश, सितोपलादी, त्रिकटु, अश्वगन्धा औषधि सहित अन्य मनोपरामर्श र सावधानीका उपायहरु समेत दिने गरेको आयुर्वेद चिकित्सक डा. घिमिरेले बताए । अग्रभागका खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी लगायतहरुको समेत रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले निःशुल्क औषधि उपलब्ध गराइदै आएको स्वास्थ्य केन्द्रले वताएको छ ।
आयुर्वेद चिकित्सा पद्धति हाम्रो सभ्यता, संस्कृति एंव जीवनका परम साध्य धर्म, अर्थ, काम, मोक्ष, सँग सान्निध्य राख्ने पद्धति हो । यस पद्धति प्रति अहिले बुढीनन्दा नगरपालिका, बाजुरा मा बिस्तारै आकर्षण बढ्दै गएको छ । वरिपरिका सबै स्थानीय तहका कोरोना लागेका बिरामीहरुले पनि निरन्तर के खाने ? कसरी खाने ? भन्ने गरेको वैद्य छत्र बमले वताए । सुनेका र चलेका गफका आधारमा भन्दा पनि उचित विज्ञको परामर्शमा मात्र आयुर्वेद पद्धतिलाई अवलम्बन गर्नुहुन समेत सम्पूणर्मा अनुरोध गरिएको कुरा समेत बमले वताए ।
डा. घिमिरे भन्छन्, यहाँ मानिसहरुको स्थानीय जडीबुटी र आयुर्वेद चिकित्सा प्रतिको लगाव बुझ्ने अवसर पाएको छु त्यसैले पनि अब आयुर्वेद क्षेत्रको समसामयिक र अपेक्षित सुदृढीकरणका लागि देशका संघीय संरचना अनुसार स्थानीय निकायहरुमा आयुर्वेद जनशक्तिहरु परिचालन गर्नु जरुरी छ । मौलिक राष्ट्रिय चिकित्सा प्रणाली आयुर्वेदलाई नेपालको दुर्गम भेग सम्म अझ विकास र विस्तार गर्नका लागि सरकारी स्तर र आयुर्वेद सम्बद्ध सबै सरोकार वाला निकायहरु समयमै जवाफदेही हुनु नितान्त जरुरी हुने पर्ने घिमिरेले वताए ।

चर्चामा

सम्बन्धित समाचार