शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • लकडाउन डायरी:सम्झनामा बझाङ्गको लिङ्गा पाटनको यात्रा।(साथमा The Sonica Show Team)

लकडाउन डायरी:सम्झनामा बझाङ्गको लिङ्गा पाटनको यात्रा।(साथमा The Sonica Show Team)

  • आइतवार, असार १३, २०७८
लकडाउन डायरी:सम्झनामा बझाङ्गको लिङ्गा पाटनको यात्रा।(साथमा The Sonica Show Team)

अर्थ जङ्ग शाही/बझाङ्ग — हाम्रो साँस्कृतिक धरोहर, धार्मिक आस्थाको प्रतीक, ऐतिहासिक, पर्यटकीय स्थल, प्रकृतिले कुनै कन्जुस्याईं नगरी आफ्नो सौन्दर्य ओछ्याएको ठाउँ हो बझाङ्गको खप्तड छान्ना गाउँपालिकाको लिङ्गा पाटन ।

`लट्पटिएका र रन्थनिएका हाम्रा यि पहिला’ चालेका यि कदम उकाली ओराली हुदैँ भज्याङ्ग चौतरीको शीतलता लिएको अनि धारामा आउने तुरतुर पानी बोतलमा भरेर खाएको यो क्षणिक यादगार पल रहेको छ।

यात्रा भन्ने बित्तिकै आफू घुम्न गएको याद कसलाई पो नआउला र ? त्यसमाथि पनि आफूलाई धेरै नै घुम्न जान मन लागेको स्थान जस्तो कि आफूलाई मन परेको मान्छे मिल्दाको खुशी । मनमा अनेकौ कुराहरुले खेलिरहेको थियो । एककिसिमको खुशी त मनमा थियो नै ।

हामी जम्मा १० जनाको टिम थियो । असारको महिना गर्मी मौसम तर भोलिको यात्राको खुशीयालीमा रातभर खुशीले नत निदाउनै मन लाग्यो न त खान नै मन लाग्यो । सोच्दा सोच्दै निदाएछु । बिहानको पाचँ बजे सबैजना उठ्यौँ। बाटोमा भोक लाग्छ भनेर केही खानेकुरा त्यहीँबाट किनेर सबैले आआफ्ना झोलामा राख्यौँ र यात्रा अगाडि बढायौँ ।

हिड्दा हिड्दै साँझ भएर रात पर्न लागेको थियो तर समय थोरै भए तापनि हामीले धेरै विषयको बारेमा जानकारी पायौँ । बेलुकाको ५ बजे हामी खाना खायौँ । त्यहाँबाट पुनः आफ्नो बसाई तिर फर्कियाैँ । मलाई आफ्नो मनको चाहना सबै पूरा भए जस्तै भएको थियो त्यो दृश्यले ।

चर्चामा

सम्बन्धित समाचार