बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको कर्णाली क्षेत्रमा बेलिब्रिज बन्ने भएपछि स्थानिय खुशी

बाजुराको कर्णाली क्षेत्रमा बेलिब्रिज बन्ने भएपछि स्थानिय खुशी

अध्यक्ष शाही भन्छन्, हाम्रो समस्या प्रदेशले बुझिदियो

  • शनिबार, असार १२, २०७८
बाजुराको कर्णाली क्षेत्रमा बेलिब्रिज बन्ने भएपछि स्थानिय खुशी

बाजुरा–बाजुराको कर्णाली नदिमा बेलिबिज्र बन्ने भएपछि स्थानिय बाँसि खुशी भएका छन् । शुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष ०७८।०७९ मा स्वामिकार्तिक खापर गाउँपालिका जोडने नुनेपानीमा बेलिब्रिज स्थापना गर्नका लागि ५ करोड बिनियोजन गरेको हो ।
०७८।०७९ आर्थिक बर्षमा सक्ने गरि बेलिबिज्रका लागि बजेट बिनियोजन भएको शुदुरपश्चिम आर्थिक मामिला मन्त्रि प्रकाश शाहले वताएका छन् । स्वामिकार्तिक खापर गाउँपालिकाको १ र जगन्नाथ गाउँपालिकाको २ को बिच नुनेपानीमा बेलिबिज्र निर्माण हुने गाउँपालिका अध्यक्ष चिरिञ्जबि शाहिले वताएका छन् ।
पटक पटक संघ र प्रदेश सरकारलाई हारगुहार गरेपछि प्रदेश सरकार बाट बजेट बिनियोजन भएको गाउँपालिका अध्यक्ष चिरिञ्जीबि शाहीले वताएका छन् । हामिले प्रारम्भिक अध्यन गरेर बजेटका लागि प्रस्ताब पठाएका थियौ, आर्थिक मामिला मन्त्रि प्रकाश शाहले बजेट सम्बोधन गरेको उनले वताएका छन् ।
स्वामीकार्तिक खापर गाउँपालिका नेपालकै सबै भन्दा बढि गरिब पालिका हो । यातायात बाट बिमुख बनेको उक्त गाउँपालिकामा बेलिबिज्र बन्ने भएपछि स्थानिय बासि खुशी भएको गाउँपालिकाका सुचना अधिकारी कुुबेर शाहीले वताएका छन् । बेलिबिज्र बन्ने ठाउँमा ६० मिटर लम्बाइ रहेको छ । शुदुरपश्चिम प्रदेश सरकार बाट पुर्वाधार विकास कार्यलय अछामले कार्यनवयन गर्ने गरि बजेट आएको छ ।
पुर्वाधार विकास कार्यलय अछामका ईन्जिनियर जंग बहादुर थापाले भने गाउँपालिकाले नुनेपानिमा ६० मिटरमा बेलिब्रिज बनाउन गरि पारम्भिक अध्यन गरेकोले त्यो क्षेत्रमा बेलिब्रिज बन्न सक्ने बताएको छ । बेलिबिज्र ६० मिटर भन्दा माथि बनाउन मिल्दैन्, ६० मिटर चौडाइ भए कर्णालीमा बेलिब्रिज बन्ने थापाले वताए । बजेटमा समाबेश भइसकेको छ साउन बाट कार्यनवयन हुने उनले वताए । बाजुरा क्षेत्रमा सबै भन्दा कम चौडाइ भएको कर्णाली क्षेत्रमा त्यहि स्थान रहेको छ ।
कर्णालीमा पुल बनाउने प्रक्रियमा संघिय सरकार भएपनि त्यो भने केही समय लाग्ने भएको छ । संघिय सरकारले बनाउने पक्कि पुल बाट अहिले बन्ने बेलिबिज्र झन्डै ३० किलोमिटर टाढा रहेको छ । संघिय सरकारले बन्ने पुल धेरै माथि थियो अहिले बन्ने बेलिब्रिज भने नजिकै भएकाले पुल बनेपछि निकै सहज हुने स्वामीकार्तिक खापर गाउँपालिका १ का बल बहादुर बिकले वताएका छन् । कर्णालीमा पुल नभएका कारणले गाउँपालिका यातायात सँग जोडिएको छैन् । गाउँमा गाडि चढने रहर पुरा हुने स्थानियले वताएका छन् ।
बाजुराका ९ स्थानिय तह मध्ये ८ वटा स्थानिय तह यातायात सञ्जाल सँग जोडिएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका कणर्ाली पारि भएकाले यातायात सञ्जालमा जोडन सकेको छैन्, कर्णालीमा बेलिबिज्र बन्ने लगतै गाउँपालिका यातायात सञ्जालमा जोडिने गाउँपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले वताएका छन् । कर्णाली पारि प्रत्येक वडा तथा गाउँमा सडक पुुयाउने गरि सडक निर्माण भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार