शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • न्याय पाएको अनुभव भयो,पिडीत कृतिमा गिरी

न्याय पाएको अनुभव भयो,पिडीत कृतिमा गिरी

  • शनिबार, असार १२, २०७८
न्याय पाएको अनुभव भयो,पिडीत कृतिमा गिरी

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले रातिको समयमा रक्सी माग्दै होटल संचालक गिरीलाई ज्यान मार्ने धम्की दिएको बिरुद कृतिमा गिरीले प्रहरीमा ठाडो निवेदन दिएकि थिइन्।

नगरप्रमुख हमालले राति बन्द भैसकेको गोदावरीको गौरब होटलमा दादागिरि शैलीमा गई आफूहरुलाई रक्सी चाहिएको भन्दै दबाव दिएर सो होटलका संचालक विष्णुदेव गिरिलाई धम्की दिएको हो।

त्यसै निवेदन लाई मान्यता गरेर मेयर कर्ण बहादुर हमालले आज सार्वजनिक रुपमा माफी मागेका छन् ।

मेयर हमालसहितको समुहले गोदावरी नगरपालिका-४ मा रहेको गौरब होटलमा राती १० बजेर १० मिनेटको समयमा आएर रक्सी माग्दै धम्की दिएको भन्दै सामाजिक संजालमा व्यापक आलोचना भैरहेको छ ।

मेयर हमालसहित होटल व्यावसायी रमेश भट्टराई, ललित साउद र मेयर हमालका गाडी चालक रातको समयमा होटलमा गएर रक्सी माग्दै धम्की दिइएको बताइएको छ ।

त्यसपछि होटल संचालक बिष्णु देब गिरिकी छोरी कृतिमा गिरिले मेयर लगाएत अन्य ३ जनाको नाममा इलाका प्रहरी कार्यालयमा ठाडो मुद्दा दिएकी थिएन् ।

कृतिमा गिरिले मेयरले गल्ति स्वीकार गर्दै माफी मागे माफी दिइने बताउदै आइरहेकी थिइन् ।

मेयर हमालसहित चारै जना बिहिबार उक्त होटलमा गएर सम्पुर्ण परिवारको सामु नियोजित नभएर केही साथीहरुको नियतिबस भएको भन्दै गल्ति स्वीकार्दै माफी मागेका थिए ।

इलाका प्रहरी कार्यालयमा गिरिले दिएको ठाडो मुद्दामा मिलापत्र भएको छ ।

चर्चामा

सम्बन्धित समाचार