• होमपेज
  • समाज
  • कैलालीमा ६ लाख बराबरको अवैध सामानसहित १ जना नियन्त्रणमा

कैलालीमा ६ लाख बराबरको अवैध सामानसहित १ जना नियन्त्रणमा

  • शुक्रबार, असार ११, २०७८
कैलालीमा ६ लाख बराबरको अवैध सामानसहित १ जना नियन्त्रणमा

कैलाली: कैलालीमा सशस्त्र प्रहरीले ६ लाख बढी मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरेको छ।

शुक्रबार जिल्लाको टीकापुर नगरपालिका–१ बसपार्क इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले ६ लाख २१ हजार मूल्य बराबरको अवैध भन्सार छलिका सामानसहित टीकापुर ८ धनसिंहपुरका ४० वर्षीय ज्योती सिंह चौधरीलाई नियन्त्रणमा लिएको हो।
बरामद भएको मोटरसाइकल, हार्डवेयरका सामान र पक्राउ परेका चौधरीलाई आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाइएको हेडक्वाटरले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार