• होमपेज
  • राजनीति
  • सुदूरपश्चिम सरकारले ल्याएको बजेट दिशाहिन : प्रदेश सांसद भट्ट

सुदूरपश्चिम सरकारले ल्याएको बजेट दिशाहिन : प्रदेश सांसद भट्ट

  • शुक्रबार, असार ११, २०७८
सुदूरपश्चिम सरकारले ल्याएको बजेट दिशाहिन : प्रदेश सांसद भट्ट

धनगढी: नेकपा एमालेका प्रदेश सभा सदस्य लिलाधर भट्टले सुदूरपश्चिम सरकारले ल्याएको बजेट दिशाहिन भएको तर्क गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकमा बोल्दै भट्टले सुदूरपश्चिम सरकारको बजेट असन्तुलित भएको बताएका हुन्।

प्रदेश सभा सदस्य भट्टले भने, ‘यो बजेटको कुनै खालको खास उद्देश्य देखिएको छैन। स्याउ खेती गर्न लाखौ खर्चिने सरकारले प्रदेश गौरवका योजनालाई ध्यानमा समेत राख्न सकेको छैन। कहिँकतै दुनियाँमै नभएको कम्पनिहरुलाई बजेट दिइएको छ। सुदूरपश्चिम सरकार केवल संस्थागत भ्रष्टाचार नमूनाको नमुना मात्रै बनेको छ।’ एमाले बजेटको विरुद्धमा रहेको उनको भनाई छ।

चर्चामा

सम्बन्धित समाचार