• होमपेज
  • समाज
  • डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु

डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु

  • शुक्रबार, असार ११, २०७८
डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु

डोटी– बडिकेदार गाउँपालिका वडा नम्बर १  भिरबाट लडेर एक जनाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा साेही गाउपालिकाका १८ बर्षीया दिपक बहादुर बिक रहेका छन् ।

केही दिन पहिले जोरायल गाउपालीका १ झुरकाणा स्थित दिदीको घर गएका थिए। राशन ल्याउछु भनि स्थानिय बजार गोगन पानि गएकोमा घर फर्कने क्रममा घण्टेश्वर सामुदायिक वनको खालीभीर बाट लडि घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटी ले जानकारी दिएको छ।

अहिले जिल्ला प्रहरी कार्यालय डोटी बाट प्रहरी निरीक्षकको कमाण्डमा टोली उक्त ठाउमा खटिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख दान बाहादुर मल्लले जानकारी दिनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार