बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • गौमुल
  • गौमुल गाउँपालिकाले ल्यायो ३२ करोड ८८ लाख ९२ हजार बजेट

गौमुल गाउँपालिकाले ल्यायो ३२ करोड ८८ लाख ९२ हजार बजेट

  • बिहिबार, असार १०, २०७८
गौमुल गाउँपालिकाले ल्यायो ३२ करोड ८८ लाख ९२ हजार बजेट

गौमुल गाउँपालिकाले झण्डै ३२ करोड ८८ लाख ९२ हजार रुपैयाँको बजेट ल्याएको छ । बिहिबार बसेको गाउँपालिकाको गाउँसभाको महाधिवेशनमा उपाध्यक्ष सीता थापाले ३२ करोड ८८ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन ।

चालु तर्फ २१ करोड ५ लाख १२ हजार, पूजिगत तर्फ रु१० करोड ९८ लाख २३ हजार संघीय सरकारको सशर्त अनुदान १२ करोड ८४ लाख चालु र पूजिगतमा विनियोजन गरिएको छ । संघीय सरकारको समपुरक अनुदान रु १ करोड २५ लाख पूजिगत तर्फ विनियोजन गरिएको छ । प्रदेस सरकारको समपुरक अनुदान ७८ लाख २३ हजार पूजिगत तर्फ विनियोजन गरिएको छ । प्रदेश सरकारको विषेश अनुदान ७५ लाख पूजिगत तर्फ विनियोजन गरिएको छ ।

गौमुल गाउँपालिकाले ल्याएको उक्त बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनीक २१ करोड ५ लाख ६९ हजार, आर्थिक विकास ५५ लाख ९२ हजार, पूर्वाधार विकासमा १० करोड १ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र १२ लाख ३० हजार, सामिजिक विकास १ करोड १५ लाख २० हजार खर्च हुने अनुमान गरिएको छ ।

उक्त खर्चको आन्तरिक स्रोतबाट समानीकरण ७ करोड ७२ लाख,शसर्त अनुदान रु १६ करोड ३६ लाख, राजस्व बाँडफाँड रु ५ करोड ८२ लाख ५९ हजार,समपुरक रु १ करोड २५ लाख,बिशेष अनुदान रु २ करोड ३३ लाख, प्रदेश सरकारबाट प्राप्त रकम राजस्व बाँडफाँड रु ८ लाख २४ हजार, बिशेष अनुदान ७५ लाख,समपुरक अनुदान ७८ लाख२३ हजार, समानिकरण रु ५२ लाख १६ हजार, आन्तरिक अल्या ७३ लाख, आन्तरिक राजश्व ५ लाख ७० हजार जुटाइने अनुमान गरिएको छ ।

स्वास्थ्य भिडियो एक्सरे मेशिन जडान औषधी खरिद लगायतका कार्यक्रम ४५ लाख, पशु विकास १० लाख, महिलालक्षित उपाध्यक्ष कार्यक्रम १० लाख, ४ शिक्षा खेलकुद परीक्षा व्यवस्थापन ३० लाख, गाउँपालिका केन्द्रमा कोल्डस्टोर स्थापना कृषि विकासको लागि ४२ लाख, विभिन्न सिचाई तथा खानेपानी योजनाको लागि म्याचिङ्ग आरभीडब्लुएपी ३५ लाख, ७ जीवन ज्योति आधारभूत विद्यालय भवन निर्माण क्रमागत ३९ लाख, धर्मोदय आधारभूत विद्यालय भवन निर्माण क्रमागत ३२ लाख, सरस्वती आधारभूत विद्यालय भवन निर्माण क्रमागत २६ लाख, अन्य संघ संस्थासँग साझेदारी कार्यक्रम १० लाख, कीर्तिचौर मावि कम्पाउण्डवाल र कुलो निर्माण १० लाख, थुमथला आविकम्पाउण्ड जाली ४ लाख विनियाेजन गरेकाे छ ।

त्यस्तै कैलाशकोटआवि वाल निर्माण ६ लाख, १४ भवननिर्माण गाउँपालिका भवन ७० लाख, जेसिबी ९डोजर० मेशिन खरिद ५५ लाख, गाउँपालिकाको नवनिर्मित भवनका लागि फर्निचरतथा फिक्चर्स ६० लाख, सवारीसाधान खरिद ९ मोटरसाईकल५ लाख,विभिन्न सडक तथा योजनाहरुको डिपीआर तयारी २० लाख, सडक मर्मत ३० लाख, तटबन्ध तथाबाँध निर्माणभक्तेबगर र अम्लिश भुरिगाउँ २० लाख, खानेपानीसंरचना मर्मत १५ लाख, ढल निकासवडा नं २ दहकोट र वडा न ५ को कोट २० लाख, १० शैया अस्पताल र फनपार्क लगायत अन्य भौतिक पूर्वाधारको लागि आवश्यक जग्गा प्राप्तिको लागि ६० लाख, भैपरी आउने पूजिगत खर्च ९५० हजार देखि ५ लाखसम्मका योजनाहरु ६० लाख रुपैयाँसहित कार्यक्रममको नाम विनियोजित गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार