• होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिकाको नवौं गाउँ सभाले दुइ वटा नीतिगत निर्णय पास, प्रदेशकाे बजेट फेर्ता गर्ने

जगन्नाथ गाउँपालिकाको नवौं गाउँ सभाले दुइ वटा नीतिगत निर्णय पास, प्रदेशकाे बजेट फेर्ता गर्ने

  • बिहिबार, असार १०, २०७८
जगन्नाथ गाउँपालिकाको नवौं गाउँ सभाले दुइ वटा नीतिगत निर्णय पास, प्रदेशकाे बजेट फेर्ता गर्ने

जगन्नाथ गाउँपालिकाको नवौं गाउँ सभाले दुइ वटा नीतिगत निर्णय पास गरेकोछ । वडाको संरचना फेरबदल गरि ६ वटा वडालाइ ७ वटा वडा बनाउनका लागि प्रदेश र संघ सरकारमा पेश गर्ने निर्णय गरेकाे जनाएकाे छ ।

१. डिमरगाउँ पै‌गाउ काप्री र पिलुचौर वडा नं – १
२. लवारबाडा डाँडाबाडा र लुमा वडा नं -२
३. बस्केना आसबाडा तल्लोहुनी र माथिल्लो हुनी वडा नं -३
४. साविकको वडा नं ३ – वडा नं -४
५. साविकको वडा नं ४ – वडा नं -५
६. साविकको वडा नं ५- वडा नं -६
७. साविकको वडा नं ६ – वडा नं -७

सुदुर पश्चिम प्रदेश सरकारले मिति २०७८ असार १ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा जगन्नाथ गाउँपालिकाका योजनाहरुमा बजेट विनियोजन गरेको पाइएकाे ले साे बजेट फेर्ता गर्ने जनाएकाे छ।

१.कोल्टी,डुडिखुच्चा,दैंया हुदै ढाडाकोट प्रदेशको पंच्चबर्षिय योजना भएको र उक्त सकडका लागि बिगत बर्षहरुमा प्रदेश सरकारले ट्रयाक खोल्नका लागि ५० लाख,२० लाख विनियोजन गरे पश्चात ट्रयाक खोल्ने काम भएको र सडकमा ग्याविन,ड्रेन निर्माण र सडकको स्तरोउन्नति गर्नका लागि १ करोड ५० लाख आवश्यक पर्ने योजनामा जम्मा १ लाख मात्र विनियोजन गरेको छ ।

२.कर्णाली करिडोर अन्तर्गत बेर्मा,मनिकाँडा हुदै बडिमालिका जोडने पर्यटकिय सडकका लागि बिगत बर्षहरुमा जगन्नाथ गाउँपालिकाले ७६ लाख,संघिय सरकार बिषेश अनुदान रु २ करोड र प्रदेश सरकार बाट ५० लाख विनियोजन पश्चात मनिकाँडा सम्म ट्रयाक खोल्ने काम भएको र उक्त सडकलाई बहुबर्षिय योजनाको रुपमा अगाडी बढाइएको र त्रिबेणी सम्म ट्रयाक ओपन गर्नका लागि १० करोड आवश्यक पर्नेमा रु १ लाख मात्र रकम विनियोजन भएकोले सुदुर पश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाहलाई जगन्नाथ गाउँपालिकाको नवौं गाउँ परिषदले खेद प्रकट गर्दै उक्त योजनामा विनियोजन भएको रकम फिर्ता गर्ने

चर्चामा

सम्बन्धित समाचार