• होमपेज
  • प्रदेश ७
  • बझाङ्गको खप्तडछान्नाले ल्यायो ०७८/०७९ का लागी ३९ करोड बजेट

बझाङ्गको खप्तडछान्नाले ल्यायो ०७८/०७९ का लागी ३९ करोड बजेट

  • बिहिबार, असार १०, २०७८
बझाङ्गको खप्तडछान्नाले ल्यायो ०७८/०७९ का लागी ३९ करोड बजेट

अर्थ जङ्ग शाही/ बझाङ्ग — खप्तडछान्ना गाउँपालिकाको नवौँ गाउँसभा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । गाउपालीका अध्यक्ष बर्क बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन गरीएको कार्यक्रममा गाउँपालिका ,१ देखि ७ सम्मका वडाध्यक्ष सदस्य कार्यालय प्रमुखहरुको सहभागीता रहेको थियो।

नवौँ गाउँसभामा खप्तड छान्ना गाउपालीकाले बर्ष भरी गरीएका बिभिन्न कार्यक्रमको गतीबिधि बारे कार्यकारी अधिकृत दिपक रावल ले प्रस्तुत गर्नुभएको थियो । अहिले सम्म गाउपालीकाले आएका योजना मध्य ९५ प्रतिशत काम सम्पन्न गरी भुक्तानी लगेको र ५ प्रतिशत को भने केहि दिनमा भुक्तानी लिने जनाएको छ ।

आर्थीक बर्ष ०७८/०७९ को लागि कृर्षि,शिक्षा,स्वास्थ्य,रोजगारी,आत्मनिर्भरता,सुशासन,संञ्चारमा बढि जोड दिइने भएको छ । आर्थीक बर्ष ०७८/०७९ को लागि ३८ करोड ९७ लाख २ हजार विनियोजन–गरीएको छ । गाउपालीका अध्यक्ष रोकाया बाट १ देखी ७ वडा सम्मका अध्यक्षले गाउसभाबाट कार्यबिधि पारीत समेत गरेका छन् ।

यसैबिच खप्तडछान्ना गाउपालीका वडा नम्बर ७ का कार्यालय सहयोगी सुरर्जन बहादुर सिहलाई ५० हजार सहित खादा ,फुलमाला सहित बिदाइ समेत गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार