शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बडिमालिका खबरकाे पहलमा ५१ मुक्त हलिया परिवारलाई खाद्यन्न सहयोग

बडिमालिका खबरकाे पहलमा ५१ मुक्त हलिया परिवारलाई खाद्यन्न सहयोग

  • बुधबार, असार ९, २०७८
बडिमालिका खबरकाे पहलमा ५१ मुक्त हलिया परिवारलाई खाद्यन्न सहयोग

बाजुरा–बुढिनन्दा नगरपालिका १ पिपलडालिका ५१ मुक्त हलिया परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । साहुको हलो जोतेर दैनीक ज्याला मजदुरी गरेर परिवार पालिरहेका हलिया परिवारमा खाद्य संकट निम्तिए पछि ५१ परिवारलाई खाद्यन्न सहयोग गरिएको बुढिनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले वताएका छन् ।
Nepali Heritage Charity Foundation (NHCF), Calgary Nepalese Community Association (CNCA) and Rapid Action Task Force (C-19 RAT)  संस्थाको सहयोगमा तथा बडिमालिका मिडिया हाउसको समन्वयमा खाद्यन्न सहयोग भएको हो । प्रति परिवार एक कट्टा चामल, दाल, नुन, साबुन सहयोग गरेको वडा अध्यक्ष नृपराज खत्रिले वताएका छन् । कोरोनाको कहर सँगै दोस्रो चरणको लकडाउनमा हलिया परिवारले काम पाउन छोडेपछि दैनीक ज्यालादारी गरेर परिवार पाल्ने हलिया बस्तिमा भोकमरी भएको थियो ।
चरम खाद्य संकट भोगिरहेका बेला संस्थाहरुको सहयोगले आफुहरुलाइ ठुलो सहयोग भएको मुक्त हलिया मनबिर लुवारले वताएका छन् । ज्याला मजदुरी काम नपाएपछि दैनिक छाक टार्न धौ धौ भएको थियो । केही दिन भएपनि छाक टार्न सहज भएको मनविरले वताएका छन् ।
बुढिनन्दा नगरपालिका १ पिपलडालीमा ५१ परिवार मुक्त हलिया परिवारमा छन् । दैनीक ज्याला मजदुरी र साहुको काम गरेर साझ बिहानको छाक टारी रहेका उक्त बस्तिका हलिया परिवार लकडाउन भएको १५ दिनसम्म जेनतेन छाक टारेपनि अहिले भने खाद्य संकट शुरु भएको स्थानिय रंगी लुहारले बताए ।
ढुङ्गा, गिट्टी फुटाएर, बालुवा चालेर १० जनाको परिवार पालिरहेको थिए लकडाउन भएपछि त्यही काम रोकीयो भोकै बस्नु परेको मुक्तहलिया परिवारका रंगी लुहारले बताए । खेति पाति लगाउन जग्गा छैन, ज्यालादारी गरेर परिवार पालिरहेको उनले बताए । जति दिन लकडाउन भयो त्यति दिन पेट भरि राम्रो सँग खान पाएको छैन लुहारले भने । अहिले सहयोग पाउँदा निकै सहज भएको रंगिले वताए ।
चन्दया लुहारको १३ जनाका परिवार छ, सबै ज्यालादारी गरेर पालिएका थिए कहिलै कोल्टि बजारमा दाउरा बेचेर दाल चामल किनेर खान्यौ कहिले कसैको खेतमा काम गरेर पोर्सो बोकेर दैनीकी चलाईरहेका थियौ, लकडाउन लागेपछि कोल्टि बजार बन्द भयो दाउरा न लिन जान पायौ, बजार बन्दछ दाउरा बिक्रि गर्न पाईदैन । खेतबरिको काम सबै बन्द भएपछि भोकै बस्नु परेको चन्दयाले बताए ।
हलिया परिवारको आफ्नै नामको जमिन समेत छैन । नेपाल सरकारले बनाई दिएको घरमा बस्दै आएका छन् । ढुङ्गा गिट्टी कुटेर दाउरा बेचेर जमाएको अन्नपात छाक बिराएर खादा पनि सकिएको धनी लुहारले बताए । ‘लकडाउन सुरु भएपछि छाक टार्ने माध्यम नै बन्द भयो, स्थानिय मन सार्कीले भने । घरमा नुन, तेल र चामल जस्ता खानेकुरा सकिएको छ । काम गर्न पनि नहुने र बजार जान पनि नमिल्ने भएपछि आफूलाई सरकारले राहातको ब्यवस्था गर्नु पर्ने उनीहरुले बताए ।
बाजुरा जिल्लामा कुल १ हजार ३ सय ५३ मुक्त हलिया घर संख्या रहेकोमा ‘क’ वर्गमा १ सय ३२, ‘ख’ वर्गमा २ सय ४६, ‘ग’ वर्गमा १ सय ५० र ‘घ’ वर्गमा ८ सय २५ गरि जम्मा १ हजार १ सय ८९ जनालाई सरकारले परिचय पत्र वितरण गरेको छ । बाजुरा जिल्लाका अधिकांश हलिया परिवारलाई कोरोना रोकथामको लागि बिकास निमाणर् देखी सबै काम बन्द भएपछि बाजुरा जिल्लाका हलियाको साझ बिहानको छाक बन्द भएको स्थानिय गोरख सार्कीले बताए ।

चर्चामा

सम्बन्धित समाचार