शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • खाद्य संकटमा परेका १६ सय बढि परिवारलार्ई शान्ति सेवा गृहद्धारा खाद्यन्न सहयोग

खाद्य संकटमा परेका १६ सय बढि परिवारलार्ई शान्ति सेवा गृहद्धारा खाद्यन्न सहयोग

  • सोमवार, असार ७, २०७८
खाद्य संकटमा परेका १६ सय बढि परिवारलार्ई शान्ति सेवा गृहद्धारा खाद्यन्न सहयोग

बाजुरा–कोरोनाका कारणले खाद्य संकट परेका १६ सय बढि परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । लकडाउन सँगै कोरोनाले समुदाय स्तरमा चरम खाद्य संकट निम्त्याएपछि शान्ति सेवा गृह ले समुदाय स्तरमा पुुगेर खाद्यन्न सहयोग गरेको हो ।
कोरोनाको कहरमा ज्यालामजदुरी गुमाएका, कोरोना संक्रमित बाट आफन्त गुमाएर समस्या परेका परिवारलाई चामल, दाल, नुन, तेल, तरकारी, अण्डा, साबुन, मास्क सहयोग गरेको शान्ति सेवा गृह कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । संस्थाले जोखिममा परेका समुदाय बालवालिका र बाढिपहिरो पिडितलाई समेत सहयोग गरेको हो । काठमाडौ रहेको उक्त संस्थाले देशभर समस्या परेका परिवारलाई सहयोग गरेको हो । काठमाडौ, ललितपुर र भक्तपुरमा खाद्य संटक परेका समुदायलाई अनलाइन सेवा मार्फत सहयोग गरिरहेको छ ।
संस्थाले समस्या परे फोन गर्नुभनेको छ, खबर आएमा घरमै खाद्यन्न पुुयाउने गरेको छ । अनलाइन मार्फत मात्र ८ सय बढि परिवारलाई सहयोग गरेको संस्थाले जनाएको छ । खाद्यान्न समस्या भोगिरहेका परिवारलाई कम्तिमा १ महिना सम्म पुग्ने खाद्यन्न सहयोग गरेको कुवरले वताएका छन् । अझै खाद्यन्न अभाबमा अलपत्र परेका परिवारलाइ सहयोग गर्दै जाने उनले वताएका छन् ।
संस्थाले लकडाउनका बेला काठमाडौमा अक्सिजन अभाब खेपिरहेका बिरामीलाई निशुल्क अक्सिजन समेत सहयोग गरेको थियो । खाद्य संकट भोगिरहेको बेला कुपोषण बाट ग्रसित नहोस भने ८ हजार भन्दा बढिलाई पौष्टिक आहार लिटो सहयोग गरेको संस्थाका कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् । लिटो बालवालकिा बयबृद्ध तथा बिभिन्न रोग बाट ग्रसितलाई सहयोग गरेको छ । पहिला कोरोनाको कहरमा समस्या परेकालाई सहयोग गरेका थियौ, अहिले बाढिपहिरो पिडितलाई पनि खाद्यन्न सहयोग गरिरहेको उनले वताईन् ।
संस्थाले सिन्धुपाल्चोकमा २ सय ५ परिवारलाई खाद्यन्न, पाल, लत्ताकपडा सहयोग गरेको छ । संस्थाले आइसोलेसनमा समेत औषधि लगायत उपकरण समेत सहयोग गरेको कार्कीले वताए । काठमाडौ सिनामंगल बस्ने सिता भण्डारीको ४ जना छोराछोरी र २ जना श्रीमान श्रीमति गरेर ६ जनाको परिवार रहेको छ । काठमाडौ उनिहरु ज्यालमजदुरी गरेर परिपार पालिरहेका थिए । कोरोनाको बेला काम नपाएपछि खाद्य संकटको मारखेपिरहेका थिए, शान्ति सेवा गृहको सहयोगले आफुहरुले बालबच्चा पाल्न सहयोग भएको सिताले वताईन् ।
हामि जहाँ समस्यामा परेका छन्, त्यहाँ सहयोग गरिरहेको कुुबरले वताए । कोरोनाको कहरले रोग भन्दा पनि भोकले समस्या परेपछि जर्मन नागरिक Marianne grospietch को सल्लाह तथा सहयोगमा शान्ति सेवा गृहले सहयोग गरेको कुवरले वताएका छन् । ३५ बर्ष देखी Marianne grospietch बिश्वमा सामाजिक सेवा काम गर्दै आएकि छन् । नेपालमा शान्ति सेवा गृह स्थापनाको शुरुवात उनले नै गरेकि थिईन् । शान्ति सेवा गृहले अलपत्र रहेका वालवालिका, उपचार नपाएर रोग पालिरहेका धेरैलाई उद्धार गरेको थियो । पछिल्लो समयमा बाढिपहिरो पिडितलाई सहयोग गरिरहेको छ । संस्थाले १४ सय जना असाहय समस्या परेका ब्यक्तिहरुलाई संस्थामा राखेर पालनपोषण, शिक्षादिक्षा र उपचारमा सहयोग गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार