• होमपेज
  • समाचार
  • गिरीको परिवारलाई मेयर हमालले ज्यानमार्ने धम्किदिएको घटनाप्रति माअाेवादी नगरकमिटी कृष्णपुरकाे अापत्ती

गिरीको परिवारलाई मेयर हमालले ज्यानमार्ने धम्किदिएको घटनाप्रति माअाेवादी नगरकमिटी कृष्णपुरकाे अापत्ती

  • आइतवार, असार ६, २०७८
गिरीको परिवारलाई मेयर हमालले ज्यानमार्ने धम्किदिएको घटनाप्रति माअाेवादी नगरकमिटी कृष्णपुरकाे अापत्ती

नेपाल कम्युनिष्ट पार्टी माओवादीका कृष्णपुरका नगर कमिटी सचिव कम्रेट जगदीश मल्लले एक प्रेस विज्ञप्ती जारी गर्दै राति राति बन्द होटलमा गएर रक्सी माग्दै होटल संचालकलाई धम्कि दिएको समाचार बडिमालिका खबरसँग बिभिन्न संचार माध्यममा आएपछि यसप्रति आफ्नो गम्भिर ध्यानआक्रषण भएको जनाएको हो ।

विज्ञप्तिमा यो लकडाउनको समयमा मेयर कर्ण बहादुर हमालले कुनै पनि सर्वसाधरण,गरिबी निमुखा मजदुर, गाँस बाँस र उपचार नपाएका ब्यक्तिहरुप्रति कुनै पनि चाँसो नदेखाएको हुनाले विभिन्न सञ्चार माध्यम र कृतिमा गिरीको फेसबुकमा लगाइको आरोपले गम्भिर ध्यानाकर्षण भएको भन्दै घटनाको छानबिन गर्न माग गरिएको छ ।

होटलका संचालक गिरीकी छोरी कृतिमा गिरिले बडिमालिका खबरलाई भनिन नगरप्रमुख हमाल सहितका ४ जनाको समुह रातिको समयमा सरकारी गाडीमा आएर आफ्नो बन्द रहेको होटललाई खुलाएर रक्सी र कोठा चाहियो भन्दै बारम्बार दवाव दिइरहेको थिए ।

राति १० बजे भएकाले आफूहको होटल बन्द भैसकेको र निषेधाज्ञामा रक्सी पनि नभएको बताएपछि नगरप्रमुख हमालले सुन्नै नसकिने अश्लिल गाली गलौच गर्दै उल्टै धम्की दिएको उनले बताइन् ।

Open Photo

चर्चामा

सम्बन्धित समाचार