• होमपेज
  • समाचार
  • नायिकामाथि यौन शोषण गरेको आरोपमा तमिलनाडुका पूर्वमन्त्री पक्राउ

नायिकामाथि यौन शोषण गरेको आरोपमा तमिलनाडुका पूर्वमन्त्री पक्राउ

  • आइतवार, असार ६, २०७८
नायिकामाथि यौन शोषण गरेको आरोपमा तमिलनाडुका पूर्वमन्त्री पक्राउ

काठमाडौँ– तमिल नायिकामाथि बलात्कार गरेको आरोपमा भारतको तमिलनाडु राज्यका पूर्वमन्त्री एम. मणिकनन्दन पक्राउ परेका छन् ।

उनलाई बेङ्गलोरबाट चेन्नई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । तमिल चलचित्रकी मलेशियाली नायिकाले उनीविरुद्ध बलात्कारको आरोपमा उजुरी दिएकी थिइन् ।

विवाहको प्रलोभन देखाएर पूर्वमन्त्री मणिकनन्दनले उनीमाथि लामो समयदेखि यौन शोषण गर्दै आएको मलेशियाली महिलाको आरोप छ ।

तमिलनाडु सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री बनिसकेका मणिकनन्दनमाथि बलात्कार तथा गर्भपतनका साथै ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।

विवाहको प्रलोभन देखाएका पूर्व मन्त्रीले ती नायिकाको इच्छा विपरीत जबरजस्ती गर्भपतन गराएको आरोप छ । पूर्व मन्त्रीले पटक पटक गर्भपतन गर्न बाध्य पारेको ती नायिकाको भनाइ छ ।

यसअघि पूर्व मन्त्री मणिकनन्दनले ती नायिकालाई आफूले नचिनेको दाबी गरेका थिए । उनले आफूविरुद्ध लगाइएको आरोप झुठो र मनगढन्ते रहेको बताएका थिए ।

चर्चामा

सम्बन्धित समाचार