• होमपेज
  • समाचार
  • कहिले पाउँछन् कृतिमा गिरीको घरपरिवारले न्याय, किन कञ्चनपुर प्रहरी प्रशासन मौन

कहिले पाउँछन् कृतिमा गिरीको घरपरिवारले न्याय, किन कञ्चनपुर प्रहरी प्रशासन मौन

  • आइतवार, असार ६, २०७८
कहिले पाउँछन् कृतिमा गिरीको घरपरिवारले न्याय, किन कञ्चनपुर प्रहरी प्रशासन मौन

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले रातिको समयमा रक्सी माग्दै एक होटल संचालकलाई धम्की दिएको छ ।

नगरप्रमुख हमालले राति बन्द भैसकेको गोदावरीको गौरब होटलमा दादागिरि शैलीमा गई आफूहरुलाई रक्सी चाहिएको भन्दै दबाव दिएर सो होटलका संचालक विष्णुदेव गिरिलाई धम्की दिएको हो।

राति १० बजे भएकाले आफूहरुको होटल बन्द भैसकेको र निषेधाज्ञामा रक्सी पनि नभएको बताएपछि नगरप्रमुख हमालले सुन्नै नसकिने अश्लिल गाली गलौच गर्दै उल्टै धम्की दिएको कृतिमाले बताइन् ।

यस बिषयमा थप यथार्थ कुरा बुझ्नका लागी हामीले फोन सम्पर्क पीडित कृतिमा गिरीलाई सोध्दा खेरी आफूले कहिले न्याय पाउँने,मैले मेरो बाबाको बारेमा बोल्दा खेरी नराम्रो त पक्कै पनि नहोला। प्रशासन निकाय पनि मौन भएको बताएकि छिन्।

अब आफू र आफ्नो घरपरिवारले कहिले न्याय पाउँने भनेर आफ्नो फेसबुक सामाजिक सँजालमा एउटा स्टाटस लेखेर दुख ब्यक्त गरेकी छिन्।

उहाहरुको पावर होला आफ्नो ठाँउमा होला राजनीति गर्छन् होला आफ्नो ठाउँमा गर्छन् होला तर हामी गरिब दुखीलाइ यस्तो लकडाउनमा राती आएर धम्कि दिनलाइ तिनिहरुको बाउको के खाएको थिए। राती आएर यस्तरी धम्की दिएर गएका छन पिडित कृतिमा गिरीको भनाई रहेको छ।

यस बिषयमा थप यथार्थ कुरा बुझ्नका लागी हामीले कञ्चनपुर कृष्णपुरका मेयर कर्ण बहादुर हमाललाई फोन गरेर बुझ्दा खेरी आफू अहिले कार्यपालिकाको मिटिङ्गमा भएको भन्दै उहाँले हामी सँग ८ सेकेन्ड सम्म् मात्र कुरा गर्नु भएको थियो।। त्यसपछि फेरी हामीले बारम्बार उहाँको नम्बरमा फोन गर्दा पनि उहाँको नम्बरमा ब्यस्त आइरहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार