• होमपेज
  • समाचार
  • धारामा पानी भर्दै गर्दा पहिरो गयो, पुरिएर महिलाको मृत्यु

धारामा पानी भर्दै गर्दा पहिरो गयो, पुरिएर महिलाको मृत्यु

  • शनिबार, असार ५, २०७८
धारामा पानी भर्दै गर्दा पहिरो गयो, पुरिएर महिलाको मृत्यु

बझाङ —बझाङको तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

धारामा पानी भर्दै गर्दा शुक्रबार दिउँसो जमिन भासिएर  ६० वर्षीया सुना दमाई पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काले बताए । उनका अनुसार प्रहरीचौकी मेलबिसौनाबाट प्रहरीको टोली पठाएर मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार