• होमपेज
  • समाचार
  • भक्तपुरमा पानी जमेको खाल्डोमा एक बालकको शव फेला

भक्तपुरमा पानी जमेको खाल्डोमा एक बालकको शव फेला

  • शनिबार, असार ५, २०७८
भक्तपुरमा पानी जमेको खाल्डोमा एक बालकको शव फेला

भक्तपुर — भक्तपुरमा पानी जमेको खाल्डोमा एक बालकको शव फेला परेको छ । प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका-९ ताथलीका १० वर्षीय छोरा रोजन मछे शुक्रबार राति साढे १ बजे पानी जमेको खाल्डोमा मृत फेला परेको हो ।

रोजन शुक्रबार बिहान ११ बजे हराएका थिए । स्थानीय र प्रहरीले खोजी गर्दा घर नजिकै रहेको सेतो बीएम इँटा भट्टा परिसरको खाल्डोमा उनी मृत भेटिएका हुन् । उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार