• होमपेज
  • समाचार
  • १ कारोड फिरौती लिएर हत्या गर्ने आरके यादव नयाँदिल्लीबाट पक्राउ

१ कारोड फिरौती लिएर हत्या गर्ने आरके यादव नयाँदिल्लीबाट पक्राउ

  • शनिबार, असार ५, २०७८
१ कारोड फिरौती लिएर हत्या गर्ने आरके यादव नयाँदिल्लीबाट पक्राउ

सिराहा — विभिन्न जघन्य अपराधमा संलग्न आरके यावदव भारतको नयाँदिल्लीबाट पक्राउ परेका छन् । पक्राउ परेका यादवमाथी नेपाल र भारतमा विभिन्न समयमा व्यक्ति हत्या, डकैती जस्ता दर्जनौं घटना घटाएको अभियोग लागेको छ । प्रहरीको खोजी सूचीमा रहेका यादव केही वर्षदेखी भारतका विभिन्न स्थानमा लुक्दै आएका थिए । लामो प्रयासपछि नेपालको र भारतको सुपौल प्रहरी यादवलाई पक्राउ गर्न सफल भएको हो ।

यस्तो थियो घटना

सिराहाको झिजोल गाउँका निवासी सामोननाथ यादवलाई आरके यादव र उमेश यादवले वरियापट्टी गाउँबाट अपहरण गरेर परिवारका सदस्यवाट १ करोडको फिरौतीको माग गरेका थिए । सोमनाथको परिवारले नेपाल प्रहरीलाई घटनाबारे जानकारी गराए लगत्तै सोमनाथलाई भारतको सुपौल जिल्लामा लुकाएर राखेको जानकारी प्रहरीले पाए । नयाँदिल्लीले यादवविरुद्ध जारी गरेको ‘रेड कार्नर’ नोटिसपछि सुपौलका एसपी मनोज कुमारले घटनावारे जानकारी पाए ।

सोमनाथ यादवलाई अपहरण गरि शरिर वन्धक बनाई वेपत्ता बनाएको अभियोगमा भारतीय प्रहरीसंग समन्वय गरी जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंह अपहरणमा संलग्न भारतीय नागरिक उमेश यादवलाई पक्राउ गर्न सफल भए ।

सुपौलका एसपी मनोज कुमारले डीएसपी रामानन्द सिंह कौशलको नेतृत्वमा एसआईटी गठन गरे र आफैंले अनुगमन गर्न थाले । यसैबीच एसआईटीले सूचना पायो अपहरणपछि सोमनाथ यादवलाई सुपौल र मधुबनी जिल्लाको केही ठाउँमा राखिएको छ र हरेक दिन अपहरणकारीले ठाउँ बदलिरहन्छन् । प्रहरीलाई अर्को सूचना मिल्यो सोमनाथलाई उमेश यादवको घर निर्मलीको महुआ गाउँमा राखिएको छ । अपहरणकारीका बाबु हरि नारायण यादवको बयानमा निर्मली प्रहरी चौकीमा मुद्दा दर्ता भयो । अपहरणमा संलग्न मधुबनी जिल्ला निवासी सतीश यादव पक्राउ परे ।

चर्चामा

सम्बन्धित समाचार