• होमपेज
  • समाचार
  • शुक्रबार सुदूरपश्चिममा २ जना कोरोना संक्रमितको मृत्यु, ९३ जना निको

शुक्रबार सुदूरपश्चिममा २ जना कोरोना संक्रमितको मृत्यु, ९३ जना निको

  • शनिबार, असार ५, २०७८
शुक्रबार सुदूरपश्चिममा २ जना कोरोना संक्रमितको मृत्यु, ९३ जना निको

सुदूरपश्चिम प्रदेशमा शुक्रबार २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। कञ्चनपुर र डोटीका १/१ जना गरी २ जनाको मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा ९२ जना संक्रमित निको भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा २६१ नमूना पीसीआर तथा प्रदेशभरि ७ सय ६७ नमूना एन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परीक्षणमा ५१ जनामा संक्रमण पुस्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८९ जनाको नमूना परीक्षण गर्दा ११ जना, डडेल्धुरा अस्पतालमा १९ जनाको नमूना परीक्षण गर्दा ६ जना, महाकालि अस्पतालमा २५ जनाको नमूना परीक्षण गर्दा ११ जना र कमल बजार प्रयोगशालामा २७ जनाको नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुस्टि भएको छ। यस्तै जिल्ला अस्पताल डोटीमा १ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुस्टि नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५२ हजार ९४८ नमूना परीक्षण गर्दा ४३ हजार १४४ जनामा संक्रमण पुस्टि भएको छ। हालसम्म ५६४ जनाको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार