• होमपेज
  • समाचार
  • उदयपुर जिल्लाका जसपा सदस्य पेस्तोलसहित पक्राउ

उदयपुर जिल्लाका जसपा सदस्य पेस्तोलसहित पक्राउ

  • शुक्रबार, असार ४, २०७८
उदयपुर जिल्लाका जसपा सदस्य पेस्तोलसहित पक्राउ

उदयपुर — त्रियुगा नगरपालिका–३ मोतीगडा बस्ने ५० वर्षीय परशुराम चौधरी अमेरिकन नौ राउण्डको पेस्तोलसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति त्रियुगा–१२ गाईघाटको त्रियुगा बसपार्कस्थित चौधरीको कान्छी श्रीमती श्यामकुमारी चौधरीको घरबाट परशुरामलाई पेस्तोल र पाँच राउण्ड गोलीसहित प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए।

परशुराम पहिला विसं २०६० देखि यता २०७७ सम्म पूर्व नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य भएको कारण द्वन्द्वकालको हतियार लुकाएर राखेको र उक्त हतियार देखाएर कतिपयलाई गैरकानूनी रूपमा चन्दा असुल्ने गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विसं २०७७ देखि उनले पार्टी परिवर्तन गरेर जनता समाजवादी पार्टीको जिल्ला सदस्य रहेको खुल्नमा आएको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार