• होमपेज
  • समाचार
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • शुक्रबार, असार ४, २०७८
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोटमा एक जना पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका–३ स्यान्ताङडाँडा बस्ने ४५ वर्षीय कृष्ण बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती महिलालाई गत जेठ २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार