• होमपेज
  • समाचार
  • बाढीका कारण यार्सा टिप्न गएका ७५ जना अलपत्र

बाढीका कारण यार्सा टिप्न गएका ७५ जना अलपत्र

  • शुक्रबार, असार ४, २०७८
बाढीका कारण यार्सा टिप्न गएका ७५ जना अलपत्र

पोखरा–अविरल वर्षासँगै आएको बाढीका कारण मनाङको उपल्लो क्षेत्र फूमा यार्सा टिप्न गएका ७५ जना अलपत्र परेका छन्। मौसम खराबीका कारण उनीहरु हिमाली भेगमै अलपत्र परेको जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।

उनीहरु अलपत्र परेको ठाउँ ५ हजार मिटरभन्दा माथिको उचाइमा रहेको बताइएको छ। फू जस्तै मनाङका ओडार, ताल्चै गाउँमा फसेकाहरुको उद्धार गर्न बाँकी रहेको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार ओडारमा अलपत्र परेकाहरु जंगलमा बसेका छन् । उनीहरुलाई दिउँसो उद्धार गर्ने भनिएपनि मौसम खराबीले गएको हेलिकप्टर पनि फर्केको बताइएको बताइएको छ।

बिहीबार ३५ जनाको मात्रै उद्धार गरिएको छ। चार दिनदेखि लगातार परिरहेको पानीका कारण मनाङमा १ हजार बढी विस्थापित भएका छन्। विस्थापितमध्ये ३ सय जना जिल्ला कारागार भवनमा र बाँकीलाई विभिन्न वडाका विद्यालय भवनमा राखिएको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार