• होमपेज
  • समाचार
  • लगातार बर्षाका कारण जयपुथ्वी राजमार्ग पुन अवरुद्ध

लगातार बर्षाका कारण जयपुथ्वी राजमार्ग पुन अवरुद्ध

  • शुक्रबार, असार ४, २०७८
लगातार बर्षाका कारण जयपुथ्वी राजमार्ग पुन अवरुद्ध

अर्थ जङ्ग शाही/बझाङ्ग — आईतबार देखि परेको वर्षाका कारण खसेको पहिरोले जयपुथ्वी राजमार्ग पुन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङ्गका अनुसार जयपुथ्वीराजमार्ग अन्तरगत पर्ने बझाङ्गको कछालीखोला र माल्लाउने भीडमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

सदरमुकाम चैन्पुर देखी करिब ८ किलोमिटरको दुरीमा रहेको कछालीखोला र माल्लाउने भीडमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।

पहिरोले करिब १५ मिटर सडक ढाकेपछि तराई बाट पहाड तथा पहाड बाट तराई जान हिडेका सवारी साधन तथा यात्रुहरु बिहान देखी नै बिच बाटोमै अलपत्र परेको जिप चालक कमल खड्काले बडिमालिका खबर लाई बताउनु भएको छ।

राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि आएका यात्रुहरु बिचबाटोमै रोकिएका छन् । धनगढीबाट,स्याउँले, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने सवारी साधन र यात्रुहरु पहिरोका कारण रोकिएका हुन्।

गए रातिदेखि अवरुद्ध रहेको उक्त राजमार्ग खुलाउने प्रयास भएता पनि पुन बर्षा भएका कारणले काम गर्न रोक्का गरेको बझाङ्गका ईन्सपेक्टर कमल प्रसाद चौधरीले जानकारी दिनुभयो ।

पहिरोमा माटो सहिद लेतो बढी भएका कारणले चारपाङ्गरे डोजरले काम गर्न नसकेको हुदाँ, चेनवाला स्काभेटर आएर काममा लागेको भएपनि पुन बर्षा हुदाँ पहिरो सफा गर्न रोक्का गरेको जिल्ला प्रहरी कार्यलय बझाङ्गका ईन्सपेक्टर कमल प्रसाद चौधरीले बडीमालिका खबरलाई जानकारी दिनुभएको छ।

राजमार्ग खुलाउने विषयमा स्थानीय तह,सडक कार्यालयसंग समन्वय भइरहेको छ”, उहाँले भन्नुभयो । लगातारको वर्षाले सडक पुनः सञ्चालनमा भने समस्या भइरहेको जनाइएको छ । उक्त स्थानमा यसअघि पनि बेलाबेला खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको चोधरीले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार