• होमपेज
  • समाचार
  • कहिले सम्म सदरमुकाम चैन्पुरमा पानीको हाहाकार

कहिले सम्म सदरमुकाम चैन्पुरमा पानीको हाहाकार

  • बिहिबार, असार ३, २०७८
कहिले सम्म सदरमुकाम चैन्पुरमा पानीको हाहाकार

अर्थ जङ्ग शाही/बझाङ्ग– बझाङ्ग सदरमुकाम चैन्पुर बजारमा खानेपानीको चरम अभाव भएको छ।

लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको अभाव भएपछि बजारवासी पानीको खोजीमा भौतारिन थालेका छन् ।

बजारवासी बिहान सबैरै छिमेकीका घर–घरमा पानीको खोजीमा धाउन बाध्य भएका छन् भने, बजार नजिकै रहेका सेती खोलाको त्यो धमिलो पानी पिउन बाध्य भएका छन् ।

जयपुथ्वी नगरपालिका–१० चैन्पुरको शान्तिमार्ग रोड बस्दै आएकी केउडी देबी शाहीले पानीको अभावकै कारण कपडा धुन नपाउँदा आफूलाई समस्या भएको बताइन।

अर्का स्थानीयवासी हिक्मत सिँहका अनुसार पल्लो रोडमा सधैँ साँझ २ घन्टा धारामा नियमित पानी आउँने। तर यो शान्तिमार्ग रोडमा खानेपानीको सङ्कट परेको बताए । उनले दैनिकजसो जार र बोत्तलको पानी किनेर खानुपरेको गुनासो गरे ।

सधैँ अरुको घरमा पानी भर्न जाँदा, कति खेर गाली गर्लान कि भनेर डराई-डराई पानी ओसार्नुपरेको होटल व्यवसायी शाहीको गुनासो रहेको छ ।

बिहान र बेलुकाको दैनिकी भनेकै पानीको भिक्षा माग्दै हिँड्नुजस्तै भएको भन्दै स्थानीयवासीले नगरपालिकालाई आक्रोश पोखेका छन् ।

यस बिषयमा नगरका प्रमुख तथा उप-प्रमुखले पनि कुनै चाँसो नदेखाएको शान्तिमार्ग रोडका स्थानियबाँसीहरुको भनाइ रहेको छ।।

चर्चामा

सम्बन्धित समाचार