• होमपेज
  • समाचार
  • भारतबाट फर्केका एक जना मृत फेला

भारतबाट फर्केका एक जना मृत फेला

  • बिहिबार, असार ३, २०७८
भारतबाट फर्केका एक जना मृत फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दोधराचाँदनी नगरपालिका स्याउली बजारका २५ वर्षीय दिनेश सार्की मृत फेला परेका हुन्।

बिहीबार बिहान घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला पहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाक्षेत्रीका अनुसार अहिले घटना स्थलमा प्रहरी खटाइएको छ।

मृतक ७ /८ दिन अघि भारतबाट फर्किएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार