शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुरा : पहिरोमा परी बुढिनन्दा नगरपालिकाकी एक किशाेरी घाईते

बाजुरा : पहिरोमा परी बुढिनन्दा नगरपालिकाकी एक किशाेरी घाईते

  • बिहिबार, असार ३, २०७८
बाजुरा : पहिरोमा परी बुढिनन्दा नगरपालिकाकी एक किशाेरी घाईते

बाजुरा — जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ बस्ने बर्ष १६ की ललिता गिरी भिरबाट खसेको पहिरोमा परी घाईती भएकी छन । उनको टाउकोमा गम्भीर खालको चोट लागेको र अन्य शरिहरुमा पनि चोट लागेर बेहोस अबस्थामा रहेकी छन स्थानीय रबिन्द्र शाहीले बताएका छन ।

आज बिहान घास काट्न गएका बेला नजिकैको रुपाशैनी भिरबाट खसको पहिरोमा परि लडेर घाइते भएकी स्थानीय शाहीले बताएका छन । उनको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएको बताएका छन । उनको थप उपचारका लागि हेलीकप्टरको लागि पहल भईरहेको स्थानीयले बताए । स्थानीयका अनुसार प्रदेश सरकारका अर्थमन्त्री प्रकाश शाहसंग कुरा भईरको बताएका छन ।

अत्याधिक पानी र बर्षाका कारण बाजुराकाे यातायात नचेलकेकाे अबस्थामा प्रदेश सरकारसंग गुहार मागेकाे स्थानीयले बताएका छन । प्रमुख जिल्ला अधिकारीको चिठी आएपछि प्रदेश सरकारको सहयोगमा उद्धार गरिने प्रदेश सरकारका आर्थीक मामिला मन्त्री प्रकाश शाहका स्वकिय सचिव जंग बिले बताएका छन । उनको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी संग समन्वय भइरहेको  बिकले बताए ।

चर्चामा

सम्बन्धित समाचार