बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • अविरल बर्षाका कारण खानेपानी मुहान विग्रीएपछी बनपा ७ सिराडीमा खानेपानीको अभाव

अविरल बर्षाका कारण खानेपानी मुहान विग्रीएपछी बनपा ७ सिराडीमा खानेपानीको अभाव

  • बिहिबार, असार ३, २०७८
अविरल बर्षाका कारण खानेपानी मुहान विग्रीएपछी बनपा ७ सिराडीमा खानेपानीको अभाव

बाजुरा — बडिमालिका नगरपालिका वडा नं ७ सिराडीमा खानेपानीको अभाव भएको छ । खानेपानीको अभाव भएपछी ४० घर परिवार खानेपानीबाट बञ्चित भएका छन् । लगातर तिन दिन यताको अविरल बर्षाका कारण खानेपानीको मुहान विग्रिएपछी त्यहाका स्थानिय खानेपानी बाट बञ्चित भएका छन् । लगातार बर्षाका कारण धारामा पानी आउन छाडेपछी करिव ४० घर परिवार धाराको स्वच्छ खानेपानीबाट बञ्चित भएको स्थानिय नर बहादुर विकले बताएका छन ।
विगत लामो समय देखी धाराको स्वच्छ पानी खाइरहेका थियाै तर यो बर्षाले खानेपानीको मुहान विग्रिएपछी मुलबाट आएको धमिलो पानी खानु पर्ने बाध्यता रहेको स्थानिय विकले बताए । यती वेला यो महामारिका वेला स्वच्छ खानेपानी खानु पर्ने भएता पनी तर त्यहाँका स्थानिय भने मुलबाट आई रहेको धमिलो पानी खाइरहेका छन् ।
खानेपानीको कहिलै अभाव नहुने बडिमालिका नगरपालिका वडा नं ७ सिराडीमा यसपाली भने खानेपानी चरम अभाव भएको छ । सो गाँउमा तिन ओटा धारहरु छन् । ति धाराको पानी ४० ओटा घरपरिवारले खाने गरेका थिए तर यस पाली भने पहिलो चोटी खानेपानीको अभाव भएको हो ।
खानेपानी ल्याउनका लागी घन्टौ हिड्नु पर्ने भएको छ । घन्टौ हिडेर पनी धमिलो खानेपानी खानु पर्ने भएको त्यहाँ स्थानियहरुले बताएका छन् । अविरल बर्षाका कारणले यता बाटो चिप्लो छ र पानी ल्याउन पनी निकै समस्या भएको अर्का स्थानिय शुरेश विकले बताउनु भएको छ । बाटो चिप्लो भएका कारण कहिले त आकासबाट आएको पानी खानु पर्ने बाध्ययता भएको विकले गुनासो गरेका छन । धाराको स्वच्छ खानेपानी खानबाट करिव ४० घरपरिवार बच्चित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार