• होमपेज
  • समाचार
  • सिन्धुपाल्चोकको हेलम्बुबाट बेपत्ता हुने ७ जनाको पहिचान खुल्यो

सिन्धुपाल्चोकको हेलम्बुबाट बेपत्ता हुने ७ जनाको पहिचान खुल्यो

  • बुधबार, असार २, २०७८
सिन्धुपाल्चोकको हेलम्बुबाट बेपत्ता हुने ७ जनाको पहिचान खुल्यो

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता बनाएका ७ जनाको पहिचान खुलेको छ । हराइरहेका ७ जनाको पहिचान खुलेको सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालले रातोपाटीलाई बताए ।

बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल छन् ।

‘७ जना मानिस बेपत्ता छन्, एकजनाको शव फेला परेको छ तर पहिचान भएको छैन्’ सहायक प्रजिअ खनालले भने– ‘सो क्षेत्रमा संचार सम्पर्क पनि अवरुद्ध भएको छ ।’ हेलम्बु गाउँपालिकाको इन्द्रावती नदीको किनारमा फेला परेको शव पहिचान हुन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार