शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • बाजुरामा पछिल्लो २४ घण्टामा ५ जनासंक्रमित थपिए संक्रमितको संख्या ७९६ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा ५ जनासंक्रमित थपिए संक्रमितको संख्या ७९६ पुग्यो

  • बुधबार, असार २, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा ५ जनासंक्रमित थपिए संक्रमितको संख्या ७९६ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ७९६ पुगेको छ । बाजुरामा संक्रमितको सख्या ७ सय ९६ पुगेको भए पनि ५ सय २९ जना निको भइसकेका छन । आज २४ घण्टामा २३ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा ५जनाको कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा बाजुरामा आज निको भएर घर फर्किएको सख्या २७ रहेको छ । जिल्लामा पछिल्लो दुई हप्तामा संक्रमित हुनेको सख्या भन्दा निको हुनेको सख्या बड्दै गएको तथ्याङक रहेकोे छ । हाल सम्म २ सय ५७ जना सक्रिय संक्रिमीत रहेका छन । आइसोलेशनमा रहेका संक्रमितको सख्या आज सुन्य रहेको छ ।
हाल सम्म २ हजार ४ सय ६४ जनाको कोरोना परिक्षण गर्दा ७ सय ९६ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा १० जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । यस जिल्लाबाट रिफर गरी बाहिर जिल्लामा ३ जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा मृतकको सख्या १३ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार