बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाको घागरमा रहेको झोलुंगे पुल उच्च जोखिममा

बडिमालिकाको घागरमा रहेको झोलुंगे पुल उच्च जोखिममा

  • बुधबार, असार २, २०७८
बडिमालिकाको घागरमा रहेको झोलुंगे पुल उच्च जोखिममा

बाजुरा–लगातारको बर्षातका कारणले बाजुराका नदिमा पानिको बहाव बढेपछि जिल्लाका दर्जनौ झोलुंगे पुल उच्च जोखिममा रहेका छन् । बडिमालिका नगरपालिका २ घागरमा रहेको झोलुंगे पुल उच्च जोखिममा रहेको छ । पुल माथि पानि पुुग्ने र छेउछाउमा नदिले कटान गरेपछि पुलमा आवतजावत समस्या भएको छ ।
पुल जोखिममा परेपछि आवतजावतमा निकै समस्या भएको छ । गत बर्ष साउन २५ गते बुढिगंगा नदिमा आएको बाढिले ४ वटा झोलुंगे पुल बगाएको थियो, भने नदिमा रहेका दर्जनौ पुल उच्च जोखिममा बनाएको थियो । जोखिममा बनेका पुललाई ब्यबस्थापन तथा मर्मत नगर्दा बर्षात शुरु भएयता दर्जनौ पुल बाढि र पहिरोको उच्च जोखिममा रहेको स्थानिय प्रेम महतले वताएका छन् ।
कणर्ालीको पिलिचौरमा रहेको झोलुंगे पुल सधैका बर्षातको समयमा जोखिममा बन्ने गरेको छ । त्यो सँगै कणर्ाली नदिमा रहेका आधा दर्जनौ पुल जोखिममा बनेका छन् । वाई वाधु जोड्ने पुल, गोत्रि साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका स्वामीकार्तिक गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहिले वताएका छन् । पुल सँगै छोप्ने गरि कणर्ाली नदिमा पानिको बहाव बढेपछि बाजुराका कणर्ाली पारिका वाई, साप्पाटा, जुकोट गाबिसमा आवत जावत प्रभाबित बनेको छ ।
अछाम बाजुरा जोड्ने पुल, बाजुर्गाड, गुइगाड, कोर्दालिगाड, घटमुना, बाहुली खोला, दहकोट, मौरे, कोटिलाको दैया लगायतका नदिमा रहेका झोलुंगे पुल जोखिममा बनेका स्थानियले बताएका छन् । अन्य बिकल्प नभएपछि ज्यानै बाजि राखेर पुलमा आवत जावत गर्नुपरेको स्थानियले बताएका छन् ।
बर्षौ देखी पुल जोखिममा भएपनि कसैले वास्ता गरेको छैन् । कोही झोलुंगे पुलको दुुबैतिर बगाएर पुलनै बगाउने सम्भाबना रहेको छ । सरकारले जोखिमा रहेका पुलमा आवतजावत समेत बन्द नगर्दा झन जोखिममा रहेका छन् । बाध्य भएर जोखिममा रहेका पुलमा आवतजावत गर्ने गरेका छौ, बडिमालिका २ का स्थानिय दल नेपालीले वताएका छन् । बाजुरामा झोलुंगे पुल उच्च जोखिममा रहेपछि स्थानियलाई सर्तक रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् । केही स्थानमा रहेका पुलमा पानि बढेको बेला आवतजावत नै बन्द गरेको छ ।
बुढिगंगा नदिमा पानि बढेपछि तिपाडा, राप्क अछामको साँफे, बुढाबगर लगायत ठाँउका पुल उच्च जोखिममा रहेका छन् । बुढिगंगा नदिले पुरै कटान गरिरहेको छ, जग्गा कटान गरिरहेको छ, अब घर जाने अबस्था रहेको त्रिवेणी नगरपालिका कमल साउदले वताएका छन् । मार्तडीमा बजार पनि उच्च जोखिममा रहेको छ । बाहुली खोलाको बाढी र मार्तडी बजार नजिकै रहेका सडकहरु भत्किएकाले बजार नै जोखिममा बनेको छ ।

चर्चामा

सम्बन्धित समाचार