• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • भारतमा भेटियो डेल्टा भेरियन्टको म्युटेसन

भारतमा भेटियो डेल्टा भेरियन्टको म्युटेसन

  • बुधबार, असार २, २०७८
भारतमा भेटियो डेल्टा भेरियन्टको म्युटेसन

भारतमा कोरोना भाइरस (कोभिड–१९) को डेल्टा भेरियन्टको म्युटेसन देखिएको छ । भारतले मंगलबार औपचारिकरुपमा डेल्टा भेरियन्टको म्युटेसन (बी‍‍.१.६१७.२.१) फेला परेको बताएको हो । डेल्टा भेरियन्ट सबैभन्दा पहिला भारतमा भेटिएको थियो ।

मंगलबार कोभिड–१९ खोप अभियानको विषयमा बनाइएको विशेषज्ञ समूहका प्रमुख भीके पालले भने, ‘कोरोना भेरियन्टको नयाँ म्युटेसन देखिएको छ । तर, अहिले नै चिन्ता लिनुपर्ने कुनै कारण छैन । हामीलाई यस विषयमा धेरै जानकारी छैन । अहिले यस विषयमा हामीले अध्ययन गरिरहेका छौं । भारतमा यसको संक्रमणको विषयमा पनि अध्ययन भइरहेको छ ।’

डाक्टर पालले भने, ‘म्युटेसन एक जैविक तथ्य हो । हामी रोकथामको लागि आवश्यक सतर्कता पालना गर्नुपर्छ । हामीले यो रोगलाई फैलिने अवसर दिनुहुँदैन ।’

जानकारहरुले नयाँ म्युटेसन कति संक्रामक छ भन्ने कुरा निकै महत्वपूर्ण रहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार