शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • २ बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय युवक पक्राउ

२ बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय युवक पक्राउ

  • बुधबार, असार २, २०७८
२ बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय युवक  पक्राउ

मोरङमा सात वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रतुवामाई नगरपालिका-६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा-२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मोहमदले दुई जना बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार