• होमपेज
  • समाचार
  • लकडाउन खुकुलो भएसँगै सदरमुकाम चैन्पुरमा माक्स प्रयोग गर्न छोडियो

लकडाउन खुकुलो भएसँगै सदरमुकाम चैन्पुरमा माक्स प्रयोग गर्न छोडियो

  • मङ्लबार, असार १, २०७८
लकडाउन खुकुलो भएसँगै सदरमुकाम चैन्पुरमा माक्स प्रयोग गर्न छोडियो

अर्थ जङ्ग शाही/बझाङ्ग–विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको आनुवांशिकीमा उत्परिवर्तन भएका नयाँ स्वरूपका संक्रामक एवं खतरनाक भाइरसका कारण अहिले नेपालमा संक्रमणको दोस्रो लहर चरम उत्कर्षमा देखिँदै छ । यो लहरले नेपालको जनस्वास्थ्यका साथै आर्थिक, शैक्षिक, सामाजिक लगायतका सबै क्षेत्रमा व्यापक र गम्भीर प्रभाव पार्दै लगेको छ । समग्र मुलुक अहिले कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट आक्रान्त छ ।

सर्वसाधारण नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न पनि गृह मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

सदरमुकाम चैन्पुरमा लकडाउन खुकुलो भएसँगै, बजारमा हिडडुल गर्ने मान्छेले माक्स प्रयोग गर्न छाडेका छन्। दोर्सो चरण को कोरोना भेरियन्ट आएसँगै, अब तेर्सो चरणको भेरियन्ट फेरि पनि नेपालमा नआउँला भन्न सकिदैन्। त्यसैले माक्स प्रयोग गरि सतकर्ता अपाउन सबैलाई अनुरोध गरिन्छ।

सदरमुकाम चैन्पुरको चोकचोकमा प्रहरी प्रशासनको ड्युटी खटिएपनि बजारमा हिड्डुल गर्ने मान्छेले अटेरी गरी लुकिछिपी गरी प्रहरी प्रशासन बाट उम्केका छन्।

मास्क नलाउनेलाई कारबाहीको दायरामा ल्याउन समेत गृहले प्रहरीलाई सर्कुलर गरेको छ । मास्क नलगाई हिँडेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार