मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाचार
  • रक्सी खाँदा ८ जनाको मृत्यु

रक्सी खाँदा ८ जनाको मृत्यु

  • मङ्लबार, असार १, २०७८
रक्सी खाँदा ८ जनाको मृत्यु

सर्लाहीमा विषाक्त जाँडरक्सी खाँदा आठ जनाको मृत्यु भएको छ । पछिल्लो चार दिनको अवधिमा पाँच जना नेपाली र तीन जना भारतीय नागरिकको ज्यान गएको हो ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा जाँडरक्सी खाएर बिरामी परेका उनीहरूको मृत्यु भएको ब्रह्मपुरी गाउँपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक उपेन्द्र राउतले बताए । मृत्यु हुनेमा ३९ वर्षीय दिनकर दास, ५० वर्षीय रामईश्वर पासवान, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहेका छन् । कैलु दास, जुगेश्वर माझी र बलिन्द्र दासको हिजो बिहान गाउँमा नै ज्यान गएको हो भने रामईश्वर पासवान र दिनकर दासको भारतको आग्रामा मृत्यु भएको थियो ।

भारतीय बजारमा घरेलु जाँडरक्सी बिक्रीमा रोक लगाएपछि भारतीय नागरिकहरू नेपालका सीमावर्ती गाउँमा आएर जाँडरक्सी खाने गर्दछन् । घटनाको अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार