• होमपेज
  • समाचार
  • ग्यारेजबाट सामान चोर्दा चोर्दै दुई जना पक्राउ

ग्यारेजबाट सामान चोर्दा चोर्दै दुई जना पक्राउ

  • मङ्लबार, असार १, २०७८
ग्यारेजबाट सामान चोर्दा चोर्दै  दुई जना पक्राउ

गाडीहरुको मर्मत ग्यारेजबाट सामान चोर्दै गरेको अवस्थामा प्रहरीले लमहीबाट दुई जनालाई पक्राउ गरेको छ ।

गएराति सवारीसाधन मर्मत गर्ने लमहीकाे एक ग्यारेज पसलबाट गाडीका पुरानो सामान (फलाम) चाेरी गरेर लैजाने क्रममा दुईजनालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको हो ।

साेमबार राति पाैने दुई बजे लमहीकाे अन्सारी माेटर पाट्सबाट सवारीसाधनका पुराना सामान (फलाम) चाेरी गरेर साईकलमा बाँधेर लैजाने क्रममा दुईजनालाई पक्राउ गरि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा रहेको हुनाले पक्राउ पर्नेहरूलाई तत्काल सार्वजनिक नगरेको प्रहरीको भनाइ छ । उनीहरू अहिले वडा प्रहरी कार्यालय लमहीकाे नियन्त्रणमा रहेका छन् । चाेरी गर्ने एकजना साेही ग्यारेजमा कार्यरत कामदार रहेको बुझिएको छ ।

चर्चामा

सम्बन्धित समाचार