• होमपेज
  • समाचार
  • मनसुनी वायुको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने

  • मङ्लबार, असार १, २०७८
मनसुनी वायुको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने

देशभर रहेको मनसुनी वायुको प्रभावले मौसम प्रतिकुल बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

यस्तै देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना समेत रहेको महाशाखाको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार