• होमपेज
  • समाचार
  • सामूहिक बलात्कार आरोपमा युवक पक्राउ

सामूहिक बलात्कार आरोपमा युवक पक्राउ

  • मङ्लबार, असार १, २०७८
सामूहिक बलात्कार आरोपमा युवक पक्राउ

 कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोग लागेपछि फरार भएका युवक पक्राउ परेका छन् ।

गत जेठ २७ गते वेदकोट नगरपालिका-५ की किशोरीलाई सामूहिक बलात्कार गरेको आरोप लागेका भीमदत्त नगरपालिका-५ का २० वर्षीय सिप्पु खुनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले वेदकोट नगरपालिका-६ को औजाखाली जंगलबाट खुनालाई पक्राउ गरिएको जानकारी दिए ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक थापाले बताए । प्रहरीले सोही मुद्दामा यसअघि वेदकोट नगरपालिका-६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरेको थियो ।

विक र खुनामिलेर ती किशोरीमाथि स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला जबरजस्ती करणी गरेको आरोप लागेको छ।

चर्चामा

सम्बन्धित समाचार