शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • यस्ता छन् पैदल हिँड्नुका फाईदाहरू

यस्ता छन् पैदल हिँड्नुका फाईदाहरू

  • मङ्लबार, असार १, २०७८
यस्ता छन् पैदल हिँड्नुका फाईदाहरू

शारीरिक सक्रियताको सबै भन्दा सरल र सहज प्रकारको विधि भएकाले होला पैदल हिँड्ने विधिलाई संसारका धेरै व्यक्तिहरूले अपनाएका छन् । वास्तावमा पैदल हिँड्दा हामीलाई धेरै प्रकारका स्वास्थ्य लाभहरू हुने गर्दछ । शारीरिक तन्दुरूस्तिका साथै धेरै प्रकारका रोग नियन्त्रणमा समेत फाईदा हुने भएकाले आज संसारका धेरै ठाउँहरूमा हिँड्नकै लागि धेरै पार्कहरू बनाईएका छन् ।

यो व्यायाम गर्नका लागि धेरै सामग्री पनि नचाहिने र सजिलै सरलै गर्न सकिने भएकाले यस विधिलाई धेरैले मन पराएका छन् । गर्न सहज यस व्यायाम विधिको निम्नलिखित लाभहरू छन्।

१. तौल कम गर्दछ ।

२. फोक्सोको कार्यक्षमतालाई बढाउदँछ ।

३.प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउदँछ ।

४. चाडै बुढो हुनबाट बचाउँदछ।

५. क्यान्सर रोकथाममा मद्दत गर्दछ ।

६.मधुमेहलाई नियन्त्रण गर्दछ ।

७. मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ।

८. खाना पचाउनमा सहयोग पुर्‍याउँदछ ।

९. रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।

१०. मानसिक ताजगी महसुस गराउँदछ ।

११. दीर्घ रोगहरूलाई जित्न मद्दत गर्दछ।

१२. मस्तिष्क घातको जोखिमलाई कम गराउँदछ।

१३. तनाव कम गर्दछ।

१४. शरीरिक असक्षमताहरूमा राम्रो फाईदा पुर्‍याउँदछ।

१५.भेरीकोज भेन हुन दिँदैन ।

१६. विस्मृतिको समस्या चाडै आउँन दिँदैन ।

१७. खराव, एलडीएल कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ ।

१८. राम्रो, एचडीएल कोलेस्टेरोल बढाउन सहयोग गर्दछ ।

१९. जोर्नीहरूलाई जाम हुन दिँदैन।

२०. उर्जावान बनाउँदछ ।

२१. दीर्घजीवी बनाउँदछ।

२२.रचनात्मक बनाउँदछ।

चर्चामा

सम्बन्धित समाचार