• होमपेज
  • समाचार
  • जनमोर्चा सांसद थापाको सांसद पद खारेज

जनमोर्चा सांसद थापाको सांसद पद खारेज

  • सोमवार, जेष्ठ ३१, २०७८
जनमोर्चा सांसद थापाको सांसद पद खारेज

सर्वोच्च अदालतले गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेज गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गर्ने फैसला गरेको हो ।

थापाको पुनर्वहालीविरुद्ध गण्डकी प्रदेशका सभामुख नेत्रराज अधिकारी, प्रदेश सभा सचिवालय र जनमोर्चाले पुनरावलोकन निवेदन दर्ता गरेका थिए । थापाले पार्टी ह्वीप अस्वीकार गर्दै विपक्षी गठबन्धनका मुख्यमन्त्री उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेललाई मत दिनुभएको थिएन ।

चर्चामा

सम्बन्धित समाचार