शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • समाचार
  • मोटरसाईकल दुर्घटना घाइते एक जनाको मृत्यु

मोटरसाईकल दुर्घटना घाइते एक जनाको मृत्यु

  • सोमवार, जेष्ठ ३१, २०७८
मोटरसाईकल दुर्घटना घाइते एक जनाको मृत्यु

धनगढी चौराहामा मोटरसाईकल दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका १ का साधुराम डगौराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आइतबार साँझ चटकपुरबाट भन्सार तर्फ गइरहेको से ५ प २६७१ नम्बरको मोटरसाईकलले ट्राफिक चौराहामा दुई साईकललाई ठक्कर दिँदा ४ जना घाइते भएका थिए। घइते मध्ये साईकलयात्री डगौराको मृत्यु भएको हो भने अर्का साईकलयात्रीको अवस्था सामान्य छ।

यस्तै मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का २२ वर्षीय मोहन प्रशाद जोशी र सोही ठाउँका २२ वर्षीय माधव प्रशाद भट्ट गम्भीर घाइते भएका छन्। उनीहरुको धनगढीस्थित निसर्ग अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक प्रतिक विष्टले बताए।

चर्चामा

सम्बन्धित समाचार