शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओलीद्वारा देशकै पहिलो ‘लिक्विड अक्सिजन प्लान्ट’ शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा देशकै पहिलो ‘लिक्विड अक्सिजन प्लान्ट’ शिलान्यास

  • आइतवार, जेष्ठ ३०, २०७८
प्रधानमन्त्री ओलीद्वारा देशकै पहिलो ‘लिक्विड अक्सिजन प्लान्ट’ शिलान्यास

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गर्नुभएको छ । आज बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीको दोस्रो लहरमा अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताउनुभयो । सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै १ सय शय्याभन्दा बढी भएका हरेक अस्पतालले अनिवार्य रुपमा आफैँले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले महामारीको समयमा त्यसबाट पनि नपुग्ने देखिएकोले लिक्विड अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दोस्रो लहरले हामीलाई एक्कासि अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यति बेला हामीले महँगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौँ ।” कोरोना महामारीका कारण अभिभावकविहीन भएका बालबालिकलाई के गर्न सकिन्छ भन्नेबारे विचार भइरहेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुटलगायत सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

अक्सिजन प्लान्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउनसमेत सहज हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले छिमेकी देशका आवश्यकता र औद्योगिकीकरणका लागि पनि अक्सिजनको खपत बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

चर्चामा

सम्बन्धित समाचार