शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेश सभामा फेरि उठ्यो गाँजा खेतीको विषय, सांसद नेपाली भन्छिन्, ‘युवालाई रोजगारी प्रदान गर्न सकिन्छ’

सुदूरपश्चिम प्रदेश सभामा फेरि उठ्यो गाँजा खेतीको विषय, सांसद नेपाली भन्छिन्, ‘युवालाई रोजगारी प्रदान गर्न सकिन्छ’

  • आइतवार, जेष्ठ ३०, २०७८
सुदूरपश्चिम प्रदेश सभामा फेरि उठ्यो गाँजा खेतीको विषय, सांसद नेपाली भन्छिन्, ‘युवालाई रोजगारी प्रदान गर्न सकिन्छ’

सुदूरपश्चिम प्रदेशसभामा पुनः गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने विषय उठेको छ।

प्रदेशसभाकी सदस्य शान्ता नेपालीले गाँजा खेतीलाई वैधानिकता दिएर युवाहरुलाई रोजगारी प्रदान गर्न सकिने बताएकी हुन्।

आइतबार सुदूरपश्चिम सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै उनले भनीन्, ‘विभिन्न पहाडी जिल्लामा गाँजा खेतीको व्यापक सम्भावना छ। यसलाई व्यवस्थित र वैधानिक गरेर हजारौं युवालाई रोजगारी प्रदान गर्न सकिने बारे प्रदेश सरकारले ध्यान दिओस्।’

उनी बझाङबाट माओवादी केन्द्रबाट समानुपातिक सांसद हुन्। उनको क्षेत्रमा गाँजा खेती हुँदै आएको छ।

यसअघि शनिबार उनकै क्षेत्रबाट निर्वाचित सांसद देवकी मल्लले पनि गाँजा खेतीलाई वैधानिकता दिनुपर्नेबारे सरकारलाई अनुरोध गरेकी थिइन्।

गाँजा खेती सुदूरपश्चिमका लागि जरुरी, वैधानिक बनाउनुपर्छ : प्रदेश सांसद मल्ल

चर्चामा

सम्बन्धित समाचार