शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • समाचार
  • धनगढीमा पार्किङ गरी राखेको जीप एक युवकले चोरेर दुर्घटना गराइदिए

धनगढीमा पार्किङ गरी राखेको जीप एक युवकले चोरेर दुर्घटना गराइदिए

  • आइतवार, जेष्ठ ३०, २०७८
धनगढीमा पार्किङ गरी राखेको जीप एक युवकले चोरेर दुर्घटना गराइदिए

धनगढीमा पार्किङ गरी राखिएको जीप एक युवकले चोरेर लगेका छन्। तर ती युवकले चोरेर लगेको जीप दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

बिहीबार राति धनगढी बसपार्कस्थित बझाङको छविसपाथिभेरा–५ का खड्कबहादुर चलाउनेले आफ्नो बा१४च १६४४ नम्बरको बोलेरो जीप पार्किङ गरेर राखे। बझाङमा व्यवसाय गर्दै आएका चलाउने सामान लग्न धनगढी आएका थिए।

उनले राति जीप नवीन होटल बाहिर पार्किङ गरेका थिए। तर बिहान उठ्दा उनको जीप त्यहाँ थिएन। प्रहरीलाई जानकारी गराएपछि उनको जीप गोदावरीको जंगलमा भेटियो तर नालीमा छिरेको अवस्थामा।

खासमा उनी सुतेका बेला एक युवकले झ्यालबाट जीपको चाबी चोरेर लगेका रहेछन्। जीप स्र्टाट गरेर उनैले गोदावरीसम्म लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले जीप चोरेर दुर्घटना गराएको आरोपमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का २७ वर्षीय करनसिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ।

उक्त घटनामा अन्यको संलग्नता थियो या थिएन भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताएका छन्।

अहिले सवारी धनी चलाउनेले गाडीमा रहेका ल्यापटप, रेडियो, नागरिकता लगायतका सामाग्री भेटिएपनि करिब डेढ लाख नगद नभेटिएको बताइरहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार