शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • पटक पटक किन हुन्छ सामाजिक अभियान्ताकाे टोलीलाई आक्रमण

पटक पटक किन हुन्छ सामाजिक अभियान्ताकाे टोलीलाई आक्रमण

  • शनिबार, जेष्ठ २९, २०७८
पटक पटक किन हुन्छ सामाजिक अभियान्ताकाे टोलीलाई आक्रमण

अर्थ जङ्ग शाही — ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

निषेधाज्ञाको समयमा प्रशासनको अनुमति सहित राहत वितरण एंव नागरिकका समस्याको सहजीकरण गर्ने उदेश्य सहित सुर्खेत पुगेका शाहीलाई अज्ञात समूहले आक्रमण गरेको जनाएको भएपनि सरकार निकटहरुले नै आक्रमण गरेको शाही पक्षधरहरुको भनाइ रहेको छ।

स्वास्थ्य सामाग्री वितरणका क्रममा यति बेला देशका विभिन्न दूर-दराजमा पुगीरहेका छन् ज्ञानेन्द्र शाही। आक्रमण पछी ग’म्भीर घा’ईते भएकाहरु कर्णाली प्रदेश अस्पतालमा उपचार गराईएको छ ।

अभियान्ता शाहीमाथि भएको आक्रमणको निन्दा गर्दै नेपाली जनताहरुले सामाजिक सञ्जाल फेसबुकमा आक्रमण गर्ने जो कोहिलाई कार्बाहिको माग गरेका छन्।

मैले मेरो सुरक्षाको लागी सुर्खेतका सिडियोसाब लाई पनि फोन गरेको थिए ,मलाई आक्रमण भईसक्यो पुलिस पठाईदिनु भने, तर ५ मिनेट लगाउने बाटोमा प्रहरी प्रशासनले धण्टौ सम्म पनि नपुग्दा मलाई र मेरो टोलीलाइ योजना बदरुपमा पिटिएको हो भनि सामाजिक सँञ्जाल फेसबुक लाईभ बाट शाहीले बताएका छन्।

सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ। किन म माथी यस्ता बेला बेला आक्रमण हुन्छन्, साहेद कोरोनाको बेला धरधरमा गएर राहत बाड्न त कुनै नराम्रो काम नहोला नि भन्दै शाहीले मलाई आक्रमण गर्नेलाई कडा भन्दा कडा कार्बाहिको माग गरेका छन्।

आक्रमणको खबर सुन्ने बित्तिकै विद्यार्थी नेता तथा सामाजिक अभियान्ता राउटे बस्तिमा खाद्यान्न दिन बिरेन्द्र्नगर सुर्खेत पुगेका हेमराज थापा, ज्ञानेन्द्र शाहीलाई आक्रमण भएको थाहा पाएपछी,सुर्खेतका ३० जना युवाको टोली लिएर घट्नास्थल तर्फ जानु भएको छ। निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाही सहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार